यसैपनि भन्न ता हामि सबैले पोखरा आफैमा सुन्दर छ ।प्राकृति सम्पदाले धनी छ । स्वर्गको टुक्रा जस्तो छ। विश्वकै शहर मध्येको उत्कृष्ट शहरको रुपमा चिर परिचित छ। हावापनि वातावरण चिसो हवा फैलाउदै यहाका ग्रामिण वडाबाट बग्दै ओरालि लागेका खोलानाला लुकामारी खेल्दै बगेको सेती मदमस्त शान्त ताल तलैया मठ मन्दिर गुम्वा बिभिन्न धार्मिक स्थल बाट निस्केको सुगन्धयुक्त धार्मिक वेदान्त ध्वनि पर्यटकको भिडभाड यस्तो लाग्छ रङ्गिविरङ्गि पुतलि रमाउदै गरेको बगैचा जस्तो हाम्रो पोखरा राम्रो पोखरा मात्रै हैन, जाउ है पोखरा भन्ने सन्देस विश्वजगतमै फैलिएको हामी सबैको साझा पोखरा भन्दा सुन्दा नै जो कोहिलाइ पनि आनन्द आउनु स्वभाविकै हो । त्यसैले त पछिल्ला केहि महिना यता पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य ज्युले पोखरालाई पर्यटकिय राजधानि घोषणा गर्ने तयारिमा लागेको भन्दै आउनु भएको छ। सुन्दापनि सबैलाइ खुसि लाग्ने यस्तो कुरा सुन्दा आम पोखरावासि जति खुसि छन्।। पछिल्लो समयमा पोखराको अवस्था देख्दा त्यति नै दुखि पनि छन्। र जताततै जहातहिको अस्तव्यस्त अवस्था देख्दा सबैले यहि प्रस्न गरि रहेका छन् पोखरामा किन यस्तो हुदैछ।
सबैका उठेका सबैखाले प्रस्न हरु अरु कसैतिर नफर्किएर मात्रै मेयर तर्फ फर्किएका छन्। कारण समग्र पोखराको अभिभावक याने स्थानिय सरकार प्रमुख भएकै कारण यस्ता सवाल उठ्नु स्वभाविकै हो। मेयर आचार्यले पनि चुनावताका गरेका घोषणापत्र सहितका वाचाहरु पोखरावासिले मन मष्तिष्कमा सम्हालेर राखेका छन्। भलै मेयर आचार्य ले बिर्सिएकै भएपनि पोखरावासिले भने बिर्सिएका छैनन्। पछिल्लो समयमा फेरि पोखराका सडकमा देखिएको अस्तव्यस्त जथाभावी पार्किङ धुलाम्मे खाल्डाखुल्डि युक्त सडक भत्किएका नालि फुटपाथ असुरक्षित सडक व्यवस्थापन पुर्णता नपाएका विकास निर्माणका काम स्ट्रिट फर्निचर सडकवत्ति रहित अन्धकार सडकका कारण श्रङ्खलावद्द रुपमा भइ रहेका दुर्घटना सिसि क्यामराको अभाव भएकै कारण पिडितमा छाएको अन्यौलता अलमलको शिकार हुन वाध्य ट्राफिक प्रहरि सडकमा लत्रिएका बिभिन्नखाले तार सडक पोलमा गुजुल्टिएर गिद्दका गुड जस्तै देखिएका तरै तारका गुजुल्टै गुजुल्टा जथाभावि मुख्य मुख्य चोक सडकखण्डमा स्वागत चुलि जस्ता फोहोरै फोहोरका थुप्रै थुप्राको डङ्गुर यी सब दृस्य र अवस्थाले गर्दा आम पोखरा वासि बाट यि र यस्ता सवाल उठ्नु पनि त स्वभाविकै देखिन्छ।
मेयर आचार्यका हिजो चुनावताकाका योजनानै योजनाका पोका थेग्नै नसक्ने सक्दै नसक्ने घोषणापत्रमा भरिएका विकास निर्माणका श्रीर्षक देख्दा आम नगरवासिले नपत्याएपनि मेयर आचार्य लाई भने पत्याएरै विश्वासका साथ मत दिएका थिए। आचार्य मेयरले पनि सकि नसकि सपनाका पोका हरु आम नगरवासिलाइ बाड्दै ठुला ठुला योजना सहितका घोषणापत्रले भरिएका डोकाहरु सकि नसकि बोकेर आम जनता सामु भोट माग्दै आएका ती दिन त्यति सारै बासि भएका छैनन् अझै आम जनताको मानसपटलमा ताजै छन्। त्यसैले त मेयर आचार्यका अगाडि चुनौति नै चुनौतिका पहाड हरु देखिएका छन् । आज सम्म आइपुग्दा भलै वहालाइ आफुले कतिपय काम फत्ते गरेको लागे पनि आम नगरवासिका अगाडि भने कुनैपनि काम फत्ते भएको कुरा त परै जाओस् झन् लथालिङ्ग लाग्न थालेको छ। चार दसकदेखि रोइ रहेको पोखरा वसपार्क अतिक्रमित फेवाताल फिर्के खोलानाला नहर ताल तलैया सार्वजनिक सम्पत्ति धुलाम्मे जिर्ण असुरक्षित अलपत्र कच्चि तथा खाल्डाखुल्डियुक्त सडक फोहोर व्यवस्थापन अलपत्र अपुर्णअण्डरग्राउण्ड पार्किङ व्यवस्थापन ग्रस्त ग्रामिण सडक अटोलेण्ड व्यवस्थापनमा देखिएको अन्यौलता हिमालै छेकिने गरि बन्दै गरेका गगनचुम्वि भवन तथा सडक मापदण्ड शिखर चुम्ने गरि जनताको ढाडै सेक्ने गरि ल्याइएको कर प्रणालि शिक्षा र स्वास्थ्यमा देखिएको अस्तव्यस्त भुसभित्र सल्किएको आगो जस्तै गरि धुवा पुुत्ताउदै गरेको भ्रष्टचार आम नगरवासिमा देखिएको असन्तुष्टिपुर्ण आक्रोस यी सबै मेयर आचार्य का अगाडि देखिएका चुनौती नै चुनौती का पहाड हुन्।
मेयर आचार्यका लागि आजसम्म परिक्षणको घडि भएपनि अब झन् दिनप्रतिदिन चुनौतिका पहाडै पहाड थपिदै जान थालेका छन् ।अबका बर्षहरु थप चुनौतिपुर्ण छन्। कतै बाध्य भएर अदालतको आदेस पालना गर्न नसक्नु कतै अदालतकै आदेस पालना गर्न बाध्य हुनु पर्ने अवस्था देखिनु झन् चुनौतिको पहाड बनेको छ। आफैले घोषणा गरेका आफैले शिलन्यास गरेका आफैले उद्घाटन गरेका कतिपय सरचना तथा विकास निर्माणका काम अलपत्र देखिनु समयमा पुर्णत सम्पन्न हुन नसक्नु पनि थप चुनौतिका बिषय बनेका छन्। कतिपय ठाउमा ठेक्का दिएर पनि सफलता प्राप्त नहुनु कतिपयय बिषयगत ठेक्काले टुङ्गो नपाउनु कतिपय महानगरकै स्वामित्वमा रहेका सरचना जग्गा जमिनको सरक्षण गर्न नसक्नु पनि कम चुनौतिका बिषय रहेनन्। यहासम्म कि उहि दिन दसा बिग्रेपछि जहा टेक्यो त्यहि भुङ्गान भने जस्तो अवस्था देखिन थालेको मात्रै छैन पछिल्लो समयमा आम नगरवासिले आक्रोश पोख्न मात्रै थालेका छैनन् अविश्वास गर्न पनि थालिसकेका छन्। मेयर कमजोर हैनन् तर कहाचुके मेयर किन चुके मेयर कहानेर कमजोरी भयो भन्नेमा कतिपय जनतामा चिन्ता बढ्ने अवस्था देखिन थालेको छ। फेरिपनि भन्नैपर्ने हुन्छ भलै मेयर भ्रष्ट मेयर नहोलान् तर जनअपेक्षाकृत काम गर्न र जनविश्वास बढाउन भने नसकेकै हुन् भन्ने कुरामा कसैको दुइ मत नरहला । त्यसैले तितो तर यथार्थ भन्नै पर्ने हुन्छ यतिबेला मेयरका अगाडि ठुला ठुला चुनौतिका पहाड छन् ती कतिपय चुनौतिका पहाड भत्काउन र पार गर्न मेयर आचार्यले साहस गर्नै पर्ने हुन्छ। अब समय पनि ढल्किनै थालेको छ ।फेरिपनि अझै केहि बिग्रि सकेको छैन । अबका दिनमा मेयर आचार्यले नया ढङ्गका साथ अघि बढ्नका लागि केही बाधा अड्चनयुक्त पुराना सरचनागत व्यवस्थापनका पर्खाल भत्काउदै अगाडि बढ्नुको विकल्प छैन
पोखरालाइ बनाउन नसकेपनि बिगार्ने छुट नत मेयर आचार्यलाइ छ न त हामी पोखरा लाइ माया गर्ने सम्पुर्ण पोखरावासि लाई नै छ। त्यसैले मेयरलाइ मात्रै दोष लगाएर गालि गरेर आक्रोश पोखेर मात्रै हामी दुधले नुहाएका सेता परेवा जस्ता हुनै सक्दैनौ त्यसैले यहाँ हाम्रो पनि कहि न कहि कतैन न कतै कुनै न कुनै कमजोरि छ भन्ने कुरालाइ स्विकार गर्दै पोखरा मेरो हैन मेयरको मात्र पनि त हैन भन्ने कुरालाइ आत्मसात गर्दै पोखरा हाम्रो हो हामी सबैको साझा हो कमसेकम सबैको साझा जिम्मेवारि र दायित्व पनि साझा नै हो भन्ने कुरालाइ हृदयङ्गम गर्दै मेयरका अगाडि देखिएका चुनौतिका पहाड मेयर आचार्यले मात्रै हैन हामि सबैले होस्टेमा हैसे गर्दै भत्काउने प्रण अब हामि आम नगरवासिले गर्नु पर्ने अवस्था आएको छ।यो वर्तमान परिस्थिति र समयको आवस्यकता पनि हो।।