Sunday, August 23News That Matters

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडा स्तरीय कमिटी गठन

यो समाचार शेयर गर्नुहोस्


बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्की CWES, कास्की को समन्वयनमा पोखरा महानगर पालिकाको वडा नम्बर २४ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडा स्तरीय समिती गठन भएको छ। 

आयोजित कार्यक्रमको सभाध्यक्ष तथा वडा अध्यक्ष भरत वहादुर अधिकारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय जनताको महत्त्वपूर्ण जिम्मेवारी रहने वताउदै ,समाजमा रहेका सामाजिक ब्यक्तित्व तथा सचेत नागरिकले यस्ता गतिविधि हुन नदिन सदैव चनाखो रहनु पर्ने वताउनु भयो । सिङ्गो समाजमा दुषित पार्ने यस्ता कार्यमा लाग्ने हरु लाई बेलैमा पहिचान गरि यस्ता गतिविधि हुन नदिन र नियन्त्रण गर्नका लागि स्थानीय सरकार साथै विभिन्न सँघ सँस्थाको पनि उत्तिकै जिम्मेवारी रहने कुरामा जोड दिनु भयो ।

वडा नम्बर २४ कार्यालयमा आयोजित सो कार्यक्रममा स्वागत मन्त्क्य सहित कार्यक्रमको उधेश्य को   बारेमा बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीका परीयोजना अधिकृत इन्दिरा पराजुलीले प्रकाश पार्नु भएको थियोे , भने बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्की का अध्यक्ष मिना लिगलले सस्था मार्फत गरिने कार्यक्रम हरुको बारेमा जानकारी गराउनु भएको थियोे। सराङ्कोट प्रहरी चौकिका प्रहरी हवल्दार गणेश क्षेत्रीलै मानब बेचबिखन र यो सङ सम्बन्धित कानुनि सजायको बारेमा बताउनु भएको थियो।

आयोजित कार्यक्रममा समिति गठन प्रकृयामा  सहजिकरण अधिकृत इन्दिरा पराजुलिले गर्नु भएको थियो भने, वडा अध्यक्ष भरत वहादुर अधिकारि सँयोजक रहने गरि ११ सदस्यीय कमिटी गठन गरिएकोछ। 

 बिभिन्न सँघ सँस्था  वर्गको समेतको सहभागिता रहने गरि गठन गरिएको कमिटिमा क्रमशः सरास्वति त्रिपाठी ,जेनिसा परियार ,विमला त्रिपाठि ,सेविका अधिकारी ,बिष्णुहरि त्रिपाठी ,विश्वराज तिवारी ,गणेश क्षेत्री ,भिम प्रसाद सुवेदी , लगायत वडा सचिव इन्द्र वहादुर जिसि सर्वसम्मत चयन भएका छन्। कार्यक्रम को सन्चालन वडा न. 24 का वडा सचिब इन्द्र बहादुर जि.सि. ले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस