सायद विश्वमै नेपाल भन्ने शब्द अत्यन्तै प्यारो मात्रै हैन विश्व चर्चित पनि हो। यसको मुल कारण अरु केहि नभएर हाम्रा पुर्खाहरुले देखाएको इमान्दारिता र वहादुरि हो। त्यसैले त हाम्रा पुर्खाहरुले देखाएको इमान्दारिता वहादुरि साथै वहाहरुले गरेको महान् त्याग र योगदानले गर्दा आज हामि विश्वका जुनसुकै देसमा पुगेपनि हामि नेपालि भनेर गर्वका साथ भन्न सकि रहेका छौ । र त्यतिबेला विश्व धार्मिक तथा राजनितिक द्वन्दमा फसि रहेको थियो तर हाम्रा पुर्खाहरुले भने तत्कालिन अवस्थामा राजनिती सबै जातजाती भाषा धर्म सँस्कार परम्परा जे भएपनि त्यसलाइ द्वन्दको रुपमा नभइ दिगो सम्वन्धको रुपमा स्थापित गरेकै कारण आज हामिले हामी नेपाली हाम्रो नेपाल भन्न सक्ने भएका छौ। यदि हाम्रा पुर्खाहरु पनि राजनीतिक धार्मिक द्वन्दमा लागेको भए सायद आज हामि विश्वकै अगाडि सगौरवका साथ नेपालि भन्न सक्ने मात्रै हैन विश्वकै हरेक देसको आन्तरिक तथा वाह्य सुरक्षा दिन सक्ने सामर्थ्यवान बन्न सक्ने थिएनौ । आज हामी जे छौ जस्ता छौ त्यो सब हुनुका पझाडि हाम्रा तिनै इमानदार र वहादुर पुर्खाकै देन हो भन्दामा सायद फरक मत राख्ने पाउन लाल्टिन बालेरै खोज्नु पर्ने अवस्था नआउला भन्न सकिदैन।।

त्यसैले त भन्नै पर्ने हुन्छ।अब हामि आम नेपालिले सोच्नै पर्ने हुन्छ। हिजोका इमानदार वहादुर पुर्खाका सन्तति हामि अझै पनि उनकै त्यो इमान्दारिता र वहादुरिको व्याजमा बाचि रहेका हासि रहेका नाचि रहेका मात्रै छैनौ हामी विश्वका धेरै देस मध्य सबैभन्दा पहिला स्वतन्त्र राष्ट्र भएर पनि बेला वखत राजनितिक धार्मिक द्वन्दमा फसि रहेका छौ।किन हामी इमानदार र वहादुर पुर्खाका सन्तति भएर पनि यसरी राजनितीक तथा धार्मिक द्वन्दमा फसि रहेका छौ हामी कुन शक्तिको इसारा र आडमा अगाडि बढि रहेका छौ स्वय हामिले हामिलाइ हामि भित्र अझै पनि त्यो राष्ट्र राष्ट्रियता को गहिराइका पुगेर झाक्न सकि रहेका छैनौ । हामिले अझैपनि हामिलाइ नै बुझ्न सकि रहेका छैनौ हामी स्चालित छौ कि परशक्ति तथा अदृश्य शक्ति बाट सञ्चालित छौ । हामी यदि स्वचालित होउ भने किन यसरी देसमा हामी हामि बिचमा राजनिती धार्मिक द्वन्दका धर्साहरु देखिन थालेका छन्। अब एक पटक हामी सबैले गम्भिर भएर सोच्ने बेला आएको छ। यदि हामि अझैपनि गम्भिर भएनौ भने न बास रहनेछ न राष्ट्रियताको बासुरि बज्नेछ।
त्यसैले अब हामिले ठुलो घना जङ्गलमा मिलेर बसेका जङ्गलि जनावर विशाल अकासमा अटाएर उड्दै गरेका पन्छि आखाले किनारै पत्ताा लगाउन नसक्ने गरि बगेका सागर महासागरमा भएका जलचर हरु बाट प्राकृतिक नियम अनुसार प्रकृति विपरित नगइ केही पाठ सिक्दै अगाडि बढ्ने बेला आएको छ। किन भने हाम्रो देस देख्नमा सानो पोखरि जस्तो देखिएपनि वहादुरि र इमान्दारिताको हकमा धनि मात्रै हैन विश्वसामु अझैपनि विशाल मात्रै हैन फरक उचाइमा छ। यस्तो नक्सामा देख्दा सानो देखिएपनि यथार्थ सत्यता र वास्तविकतामा प्रवेस गरेर यदि झाक्ने हो भने नेपाल विशाल छ नेपालको उचाइ फरक छ। इमान्दारिताको कसि भित्र पसि इतिहासका हरेक पाना पल्टाएर यदि गहिरिएर पढ्ने र यथार्थताको अर्थलाइ हामिले बुझ्न सक्ने हो भने नेपाल लाइ सानो भन्ने कमजोर ठान्ने शाहस विश्वका कुनै पनि देसले गर्न सकेका रहेनछन् भन्ने कुरा देख्न र स्पष्ट बुझ्न सकिन्छ। त्यसैले अब हामिले पहिला राष्ट्र राष्ट्रियता नेपाली जनता लाइ सर्वोपरि ठानेर बिदेसका भन्दा पनि स्वदेसका इतिहासका हरेक पाना पल्टाउदै हाम्रा पुर्खाले गरेको त्याग तपस्या र वहादुरिका साथ लडेर हामिलाइ हाम्रो जिम्मेवारिमा छाडेर गएको नेपाल राष्ट्र र हाम्रो विश्व पहिचानयुक्त राष्ट्रियता लाई बचाउनु छ । सगसगै हामिले सके सपारौ नसके कमसेकम नविगारौ भन्ने भनाइलाइ आत्मसात गर्दै हाम्रा भावि सन्तती लाइ नक्सामा सानो देखिएपनि विश्व बक्सामा विशाल देखिने यो हाम्रो प्राणभन्दा प्यायो देस नेपाल बुझाएर अर्को नया इतिहास बनाउनु छ यहि नै आजको आवस्यकता छ।
त्यसैले अब राष्ट्र राष्ट्रियता लाई बचाउनकै लागि गरौ बन्द राजनिक धार्मिक द्वन्द भन्ने एउटा मुल नारा लिएर सबै एक भएर अगाडि बढ्नु पर्ने बेला आएको छ। राजनितिक द्वन्दले जरा गाड्दै दसकौ देखि गरिव र असफल राष्ट्र को सुचिमा परेको हाम्रो देस पछिलो समयमा कतै धार्मिक द्वन्दमा फसिन थालेको ता छैन भन्ने शङ्काको कालो बादल नेपाली अकासमा समेत मण्डारिन थालेको हो कि भन्ने सङ्केत हरु यदाकदा देखिन थालेका छन्। त्यसैले अब हामि आम नेपालीले जातजाति धर्म सस्कृति परम्परा र पहिचानको सरक्षण गर्दै राजनितिक धार्मिक द्वन्दको भुमरि बाट मुक्त हुन सक्नु पर्छ । । त्यसका लागि हामी सबैले एक पटक फेरि सबैले सबै रिस राग इर्स्या लाइ बिर्सेर छातिमा हात राखेर नेपाल आमाको कसम खाएर राष्ट्र राष्ट्रियता लाई बचाउदै सार्वभौम सत्ता सम्पन्न राष्ट्र बनाउन तिर लाग्न सक्नु पर्छ। त्यसका लागि भगवत्ता सत्ता स्वार्थ भन्दा पनि राष्ट्र र राष्ट्रियता प्रतिको स्वार्थमा जो जुनसुकै विचार र सिद्दान्त भएको पाटि र नेता हामि आम नेपाली जनता जुनसुकै
जातजाति भाषा धर्म सस्कृति परम्परा फरक फरक भएपनि अब गरौ बन्द राजनीतिक धार्मिक द्वन्द भन्ने नारा सहित अगाडि बढ्नुको विकल्प छैन ।# सबैमा चेतना भया।