सुन्दर चादिजस्तो हिमालै हिमालले घेरेर बसेको निलो अकासले ओगटेको हरियालि डाडा पाखाले काखमा लिएजस्तो गरि बगिरहेका विशाल नदि पहेलपुरे फाटमा मस्त बगिरहेका खोलानाला नहर जता हेर्यो उतै सुन्दर मठ मस्जिद गुम्वा मन्दिरै मन्दिर प्राकृतिक सरचनाले शुसोभित यस्तो शहरमा आउने कसलाइ पो लाग्दैन र रहर विश्वमा चर्चित उहीँ भनाइनै छ नामै काफि छ भने जस्तो मेरो देसमा नआउने को नै छ र विश्वका कुनै पनि देसका हरेक मानिसले कसैलाइ फकाउन पर्यो फुल्याउन पर्यो खुसि पार्न पर्यो भने उनिहरुले म तिमिलाइ नेपाल घुमाउन लैजान्छु भन्ने गर्छन् अरे भनेपछि हाम्रो देसको महत्व कति रहेछ वास्विकतामा गहिरिएर डुब्ने हो भने हामि नेपालि कति भाग्यमानि रहेछौ अनुमान लगाउ त गहिरिएर सोचौत हामि साच्चिकै कति धनी रहेछौ। हाम्रो देस विश्वकै नजरमा विभिन्न रङ रुप ले भरिपुर्ण प्राकृति धर्म सस्कृती भेषभुषाले सुसज्जित कति सुन्दर फुलवारि रहेछ ।
हो यहि देसमा यहि देसका हामि आज आएर कति गरिव विपन्न र परनिर्भर भएछौ भन्ने कुरा जान्न बुझ्न थाहा पाउन अन्त कतै जानु पर्दैन ति सडकमार्ग भएर जाने सिमाक्षेत्र हवाइमार्ग भएर जाने विमानस्थलमा देखिएको भिड बैदेसिक रोजगार विभाग बिभिन्न मेनपावरमा बुझाइएका पासपोर्ट नै काफि छ। त्यतिमात्र हैन कति युवा वेरोजगारि कै कारण यसो १२ पास गरे युरोप पढ्न नसके खाडि मुलुकमा जानका लागि एउटा खुट्टा पहिल्यै उचालेर बसेको देखिन्छ ।यता देस यति कमजोर बन्दै जान थाल्यो कि नेपालका शासक विदेसिको शरण परेर बर्षौदेखि कहिले खोला कहिले नदिनाला सुम्पदै जान थाले देसमा भएका उध्योग धन्दा कलकारखाना सबका सब बन्द भए। देस एकातिर दलै दल र नेतै नेताको धनी देस बन्न थाल्यो भने अर्कोतिर वेरोजगार भ्रष्टाचार गरिविको गढ बन्दै जान थाल्यो । नेताहरु सत्तामा जानका लागि तछाड मछाड गर्न थाले जताततै लथालिङ्ग देसको भताभुङ्ग चाला जस जसले सक्ला उसै उसैले खाला भनेजस्तोअवस्थामा गुज्रिदै जान थाल्यो।
यहासम्मकि यदि यस्तै अवस्था अबका दस बर्ष रहि रहने हो भने देसमा साच्चिकै नेपालि जनसख्याको हिसावले दस प्रतिशत भन्दा नहुने हुन् कि भन्ने खतरा देखिन थाल्यो। शासक दलका नेता हरु पाचबर्ष मात्रै सत्तामा टिकि रहन पाए नेपाली जनता देसमा टिकि रहुन् कि नरहुन् भनेझै गर्न थाले। यता जनता जलेर झुण्डिएर मर्न थाले उता देसको धुकुटि रित्तिएकै हो त भन्ने खालका प्रस्नहरु उब्जिन थाले। दल र नेताहरु भने कहिले देखे लडिहाल्लान् जस्तो गर्ने कहिले एउटै कोसाको बोडि जस्ता एउटै दाम्लाको नाम्ला जस्ता भएर अङ्गुरका झुत्तोमा झुण्डिएका अङ्गुरका दाना जस्तो गरि लटरम्म परेर सत्ता स्वार्थमा लटपटिने त कहिले उहीँ उटले पानिमा मुख गाडेर पानि पिएजस्तो गरि सत्तामै रहने कहिले हड्डिका लागि के का लाई ………… के भनेजस्तो गरि रहने कहिले कुकुर बिलारो जस्तो गरि ङ्यार्र ङुर्रर गर्ने त कहिले उहि फेरि मिलेजस्तो पनि गर्ने तर सत्ताका लागि पिडौलामा टास्सिएको जुका जस्तै गरि नढाडिदा सम्म पिडौला नै नछाड्ने टासिइ रहने कहिले उत्तर प्रभु त कहिले दक्षिण प्रभु त कहिले पश्चिमा प्रभु हरुकै शरणमा लम्पसार परि परि सत्तास्वाद लिन रमाउने देस र जनता भाडका जाउन् झै गरि अकुत सम्पति कमाउने दाउमा लाग्ने मात्रै हैन सत्ताका लागि बिदेसि शक्तिकै पाउनै समाउने नेताहरुमा जुन प्रवृति देखियो।
त्यसले हाम्रो जस्तो विश्वकै लागि स्वर्ग जस्तो देसका नेताहरुमा यस्तो वुद्दि विवेकले काम गर्नुले गर्दा देसको अवस्था दिन प्रतिदिन ओरालो लाग्दै जानुले गर्दा सच्चा नेपालि जनता भन्न् वाध्य छन् । कसको नजर पर्यो मेरो देसमा र मेरो देसमा यस्ता स्वार्थि लोभि लालचि भ्रष्टाचारि विवेकहिन राजनितिहिन जुके प्रवृति भएका नेताहरुले जन्म लिएर हिजो कोरियालाइ अन्न दिने वेलायतलाइ धनदिने छिमेकि भारतलाइ ज्ञानदिने मेरो देस आज विश्व सामु हात फैलाउनु पर्ने अवस्थामा आएको देख्दा र भोग्नु पर्दा हरेक नेपालिको मनमा एउटा यस्तो प्रस्नले जन्म लिन थालेको छ कि मेरो देस यस्तो सुन्दर देसमा कसको नजर पर्यो मेरो देसमा भन्ने प्रस्न जताततै जन जनमा मन मनमा गुञ्जिन थालेको छ।
लेखक
