Saturday, November 8News That Matters

पोखरा जीप दुर्घटना ः गम्भीर घाइते चालकको मृत्यु

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा १८ ग्यारजातीमा भएको जिप दुर्घटनाका घाइते चालक कृष्ण थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

विहान करिब ९ बजेर ४५ मिनेटको समयमा भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक थापाको पोखराको मणिपाल शिक्षाण अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त श्रवण विकले जानकारी दिए ।

मेथलाङबाट बाग्लुङ बसपार्क तर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो अनियन्त्रित भइ खसेको थियो । विकका अनुसार सडकको दाँया तर्फ करिब २० फिट तल खसेको थियो । ४९ वर्षिय जिप चालक सोहीस्थानका हुन् । दुर्घटनामा परि ६९ वर्षिया हिमकला थापा र ७० वर्षिय चन्द्रकला थापा घाइते भएका छन् । हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ ।

प्रतिकृया दिनुहोस