Sunday, March 23News That Matters

अबको प्रस्न? भ्रष्टाचार कहाँ छ हैन ,कहाँ छैन

यो समाचार शेयर गर्नुहोस्

यहाँ देस बनाउछौ देस बनाउनु पर्छ नभन्ने को नै छ र । देस र जनताका लागि नभन्ने  पाटि नै कुन छ र  हरेक पाटि र पाटिका  नेता को  छन् र त्यति मात्रै हैन राष्ट्र सेवक हु नभन्ने कर्मचारि नै को छ र । तल देखि माथिसम्म सबका सब निकायमा हुनेहरु सबका सब  पहिला देस बनाउनु पर्छ मात्रै भन्छन् । ठुला ठुला

 होटल महल पाटि प्यालेसमा गरिने  अन्त्रक्रिया गोष्ठी तथा  कार्यक्रममा सबैले एउटै श्याल हुइ्या जस्तो गरि  भ्रष्टाचार लाई अन्त्य गरिनु पर्छ भन्छन्। यहासम्म कि भ्रष्टाचार अन्त्य गरौ भ्रष्टाचार लाई निर्मुल पारौ भन्ने ठुला ठुला अक्षर अङ्कित वेनर सहितका कार्यक्रमको आयोजना  गरिन्छ। तर उस्तै परे गहिराइमा डुवुल्कि मारेर  झाक्ने हो भने त्यहि कार्क्रममै भ्रष्टाचारको दुर्गन्ध नाकमै आउन थाल्छ।। 

त्यतिमात्रै कहा हो र भ्रष्टाचार हुन नदिनका लागि भ्रष्टचारि लाइ कारवाहि गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नका लागि बिभिन्न खाले नामयुक्त निकाय हरु बनाइन्छ। तर त्यहि निकायमा नियुक्ती गर्ने वा सरुवा गर्ने वहानामा  नै भ्रष्टाचार हुन्छ।  त्यतिले पनि अझै नपुगेझै गरि  उस्तै परे सके भ्रष्टचार गर्न पोख्त भ्रष्टाचार मा डामिएका वा चोखिएका  नभए पनि भ्रष्टचार गर्न सक्ने सिपालुले नै स्थान पाउने गरि नियुक्ति वा सरुवा गरिन्छ।त्यतिले पनि नभए आफ्नै मान्छे पुर्याउनु छ भने केही समय सो पद रिक्त राखेरै भएपनि  बढुवा गरेर भएपनि पदपूर्ति गराइन्छ । अनि बडो  फुर्तिका साथ  नेताहरु माननीय हरु मन्त्री हरु ठुला ठुला हाकिम हरु मञ्चमा खुव पृथ्वि  नारायण शाहका झै  उहीँ भ्रष्टचारि चोर अौला ठड्याउदै भाषण गर्छन्। र त्यहि भाषण सुनेर  फेरि भाङ खाए झै गरि लठ्ठ परेर बसेका  भेडे स्वभावले परिपुर्ण झोलेहरु अगाडि बसि लाजै नमानि तालि  ( थपडि ) मार्छन्। त्यो सब देख्दा र सुन्दा  अझ‌ैपनि देसमा त्यस्ता मन्त्रि माननिय नेता कार्यकर्ता  सर्वसाधारण जनता मात्रै हैन सबै निकायमा कर्मचारि पनि छन् जो भ्रष्टचार गर्न पनि जान्दैनन् भ्रष्टचार गर्न पनि मान्दैनन् । तिनिहरु भने लाटोकोसेरो  जस्तो  गरि ट्वाल्ल परेर हेर्न  र विवसताका साथ  टोलाएर बस्न बाध्य हुन्छन्।

यदि यो देसमा यस्तो हुदैनथ्यो  यस्तो नभएको हुन्थ्यो भने पक्कै पनि आज यो देस विश्वकै गरिव मात्रै हैन विश्वसामु खालि हातमात्रै थाप्ने देसहरु मध्येको पहिलो पङ्तिमा पर्दैनथ्यो होला। त्यसैले भन्नै पर्ने हुन्छ यो देस यस्तो हुनु र नेपालि जनता पर निर्भर भएर बाच्नु पर्ने अवस्था आउनु भनेको अरु केहि कारण नभएर बर्षौ देखि स्थायि सरकारको रुपले स्थापित सरकार र अस्थायि रुपले पटकपटक सत्तामै रमाउने उहि पोखरिमा आहाल बसेको भैसि झै सत्ताआहालमा बस्न रुचाउने यो देसका पाटि र नेता हरु नै हुन्। यदि यी जिम्मेवार  हुन्थ्ये भने  यिनमा देस र जनताप्रति जिम्मेवारि बोध हुन्थो भने पक्कै पनि ४६ यता देसमा जे भइ रहेछ  त्यो हुदैनथ्यो होला।

  यसो भनि रहदा देसमा के भएछैन व्यवस्था परिवर्तन भयो जनताका हक अधिकार सुनिस्चित भए स्वतन्त्रता प्राप्ति भयो जनताको छोराछोरि  राष्ट्र पति भए भन्ने ववाफ नआउला भन्न पनि सकिदैन।

 तर  अरु केहि सोध्नु  र भन्नु नै  पर्दैन देस र  जनताको लागि  उपलब्धि के भयो त।  यसका लागि यति धेरै  दर्जनौ प्रस्न छन् कि  अरु केहि सोध्नु नै पर्दैन  हिजो चप्पल पड्काउदै जय नेपाल  अभिवादन  लाल सलाम र  नमस्कार हजुर  भन्दै गाउँ गाउका ती गोरेटो बाटो मा उकालि ओरालि गर्दै गरेका  शहरका गल्लि  गल्लिमा जय नेपाल  अभिवादन लाल 

सलाम  नमस्कार हजुर भन्दै जिवनभर न त कुनै पेसा न कुनै व्यवशाय न जागिर न पेन्सन  भएका   तिमिहरु रातारात आलिसान बँगलाका मालिक कसरी भयौ गाउमा कटेरोमा एउटा भैसि नभएका तिमिहरुको   बँगलाको अगाडि ढुङ्गा छापिएको आगनमा  करोडौ पर्ने चिल्ला गाडि कसरी पार्किङ  भए।

 हिजो यसो टाेउको दुख्दा अौषधि खाने पैसा नभएर त बारिको अदुवा  हलेदो ल्याएर पानी उमालेर खाने  तिमिहरु हिजो छोराछोरी पढाउन सकिएन स्वास्थ्य उपचार गर्न सकिएन  भनेर आफ्नै उदाहरण दिएर अब हामिले व्यवस्था  परिवर्तन गर्यो भने स्वास्थ्य मा निशुल्क शिक्षामा  निशुल्क व्यवस्था गर्छौ भन्ने तिमिहरुकै  आज आएर स्वास्थ्यमा शिक्षामा लगानि कसरि कहाबाट भयो। तिम्रा ती  हिजो गाउमा पढाउन नसकेका  छोराछोरि हरु आज आएर बिदेसमा त्यति महङ्गा कलेजमा पढाउने कसरी भयौ। यसको जवाफ दिनसक्ने  छ कोहि ।यदि छ भने  हो त्यहि यो देसको नेता हैन राजनेता बन्न सक्छ।  

 यसो भनि रहदा यता स्थायि सरकारको रुपमा स्थापित  बिभिन्न निकायमा कार्यरत  जिम्मेवार राष्ट्र सेवक कर्मचारी पनि यी र यस्ता प्रस्नहरु बाट अछुतो रहन सक्दैनन्। यसका लागि अरु कतै जानु पर्दैन।  उता  सरकारि बिध्यालयमा पढाउने यता निजि बिध्यालयमा लगानि गर्ने  उता सरकारि जागिर खाने यता साइडमा बेनामे कन्सल्टेन्सि खोल्ने  उता सरकारि वित्तियमा  जागिर खाने यता सहकारिमा लगानि मात्रै हो र  उस्तै परे हाउजिङ् प्लोटिङमा सेयर हाल्ने यता सरकारि हस्पिटलमा जागिर खाने उता निजि हस्पिटल खोल्ने उता उताको जागिर खाने उस्तै परे मेनपावरमा अदृस्य साझेदारी गर्ने उता पद हत्याउने यता बेनामे लगानिमा सके डोजर लोडर डाडा पल्टाउनमा र जनताका आखामा  छारो  हाल्दै  खुब विकासप्रेमि भएको देखावा गर्ने उस्तै परे ठेकेदारलाइ नै कुनै न कुनै वहानामा आफ्नो चङ्गुलमा पार्ने ठेक्कै पिच्छे सकेको  भागवण्डा वा कमिसन झार्ने।

अनि त्यहि ठेक्का ठेकेदारले  बर्षौ अलपत्र पार्दै जाने अनि सम्पन्नको म्याद सार्दै महङ्गिको कारण देखाउदै ठेक्का थैलि बढाउदै  तर मार्दै खाने। कहिले  च्याटिङ काहिले मिटिङ गर्ने उता सेटिङ मिलाउने यता जनता एउटा बाटो पुल बनेन कहिले बन्ला भन्दै वईटिङ गर्ने यहि त छ यहा यस्तै त भइ रहेछ। त्यसैले तिनै तहमा सर्वत्र मन्त्री नेता माननिय जनप्रतिनिधि  सबै सग कहिन कहि सेटिङ्कै सम्वन्धले गर्दा देस रोइ रहेछ जनता जलि रहेछन् ।

यदि राष्ट्र सेवक कर्मचारि लाई नेता मन्त्रि जनप्रतिनिधि लाइ सरकारि पद लिने तपाइ एउटा सरकारि  जागिर खाने  तपाइका  पैतिृक सम्पति बाहेक  तपाइले  राष्ट्र सेवाबाट कमाएको सम्पति बाहेक बिभिन्न शहरमा बँगला चिल्ला चिल्ला गाडि  ठाउ ठाउमा जग्गा जमिन महङ्गो  स्कुल कलेजमा छोराछोरि पढाउने खर्च कहाबाट आयो भन्न सक्ने  आट साहस भ्रष्टाचार नियन्त्रण तथा  सम्पति सुद्दिकरण  आयोग अनुन्धान आयोग  प्रमुखहरु हरुमा हुन्थ्यो भने पक्कै पनि देस यो अवस्थामा पुग्ने थिएन होला । त्यहा पनि कसले सोध्ने कसको आट छ कसलाइ  कसले कारवाहि गर्ने भनेजस्तो छ। यदि कसैले त्यो आट गर्यो भने कि त उ  भित्तैमा सरुवा हुन्छ कि त उसले पनि देखेको नदेख्यै थाहा पाएपनि थाहै नपाएझै  गर्नु पर्छ ।  या त मजवुरिका नाम महात्मा गान्धि भनेझै गरि  बाध्य भएर हालत सग सम्झौता गरि चुपचाप बस्नु पर्छ। त्यसैले तितो तर सत्य  भन्नै पर्ने हुन्छ।  यसो भनि रहदा यो देसका सबै मन्त्रि नेता माननिय जनप्रतिनिधि सबै राष्टरसेवक कर्मचारि सबै उस्तै  हुन् उस्तै छन् भन्न खोजिएको  भने पक्कै हैन। तर एउटा कुरो के  सत्य हो  भने हिजो भ्रष्टचार गर्ने भ्रष्टचारि थोरै थिए अहिले  भ्रष्टाचार गरने भ्रष्टचारि धेरै भए भन्ने कुरा भने पक्का हो।  त्यसैले जबसम्म  त्यस्ता भ्रष्टाचार  नियन्त्रण  गर्ने निकाय स्वतन्त्र पुर्वक  भ्रष्टचारि लाई कारवाहि गर्न सक्ने  सम्पति सुद्दिकरण अनुसन्धान  गर्न सक्ने हुदैनन्  र यो देसका नेताले चोरेर ल्याएको काक्रो खाए झै र चोरेर ल्याएको भेडो काट्ने भनेझै गरि रहन्छन्  तब सम्म देसले यहि नियति भोगि रहनु पर्नेछ।र यो देसमा भ्रष्ट्चार कहा छ हैन। कहा छैन भनेर 

नेपाली जनताले प्रस्न गरि रहनु पर्नेछ

प्रतिकृया दिनुहोस