धनञ्जय गोत्रीय भण्डारी समाज कास्की , पोखरा २१ को १६ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सस्था का अध्यक्ष यज्ञ प्रसाद भण्डारी को अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा संस्थाका केन्दीय सदस्य तथा पोखरा महानगर पालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारी प्रमुख अतिथि रहनु भएको थियो।

२०७९ सालको SEE र कक्षा १२ मा सर्वकृष्ट अंक का साथ उत्तिर्ण SEE मा क्रमसः प्रशन्न भण्डारी, सन्ध्या भण्डारी, राजेश भण्डारी र कक्षा १२ मा अर्पण भण्डारी र गूमा भण्डारी लाई सम्मान गरिएको सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष हरु शोभाखर भण्डारी , टीकाराम भण्डारी लगायत ले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि शिवराम भण्डारी ले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नु भएको कार्यक्रममा अध्यक्ष यज्ञ प्रसाद भण्डारीले बार्षिक प्रतिवदन, कोषाध्यक्ष हरिशंकर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रमा सहसचिव शालिक राम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका सचिब नबराज भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।