Monday, July 14News That Matters

नाटक धनिरामको गोरु

यो समाचार शेयर गर्नुहोस्

पोखरा  /केदार नाथ पौडेल द्वारा लिखित कपिल शर्मा को निर्देसनमा पोखराको  पध्मा थिएटरको प्रस्तुति रहेको नाटक धनिरामको गोरु  शुक्रबार दसौ दिन चलेको छ।। २७ गतेसम्म चल्ने नाटक धनिरामको गोरु यहि माघ १८ गतेबाट शुरु भएको थियो। अन्य दिनमा साझ ५ बजे प्रस्तुति हुने  नाटक शुक्रबार र शनिवार भने दुइ  पटक  प्रस्तुति गरिने  पुरै कृषिको अवस्था  तथा ग्रामिण  परिवेसलाइ झल्काउने नाटक धनिरामको गोरुले सबैको मनलाइ च्वास् पारेको छ। नाटक धनिरामको गोरु हेर्न    वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्को उपस्थितिले गरिमापुर्ण देखिएको थियो।

नाटकका पात्र को भुमिका कुनै नाटक मात्रै नभएर समग्र ग्रामिण अवस्थालाइ जस्ताको तस्तै वास्तविकतामा आधारित रहेको देखिन्छ।  आमाको भुमिकामा रहेकि ज्योति हमालले नाटक हेर्ने जो कोहिलाइ पनि गाउकै आमाको झल्को मेटाउने गरि आफ्नो भुमिकामा प्रस्तुत भएकि छन्। 

धनिराम जो   गाउमा यसो केहि नया  कृषि मा आधुनिकिकरण गर्छु भन्ने पात्रको रुपमा राम्रै प्रस्तत भएका छन्।  उनले परिवारलाइ पुरै गाउले हिसावले  छोरा चन्दन लाइ  श्रीमतिलाइ आमालाई गाउले भाषामा अलि डक्ने  जस्तो गरेको देखिन्छ ।

 विभु भुसाल (थमन)ले राम्रै भुमिका निर्वाह गरेका छन् । समग्रमा नाटक धनिरामको गोरु नाटकमा रहेका सबै पात्रले  दर्शक लाई कहिले हसाउने कहिले बारिमै पुर्याउने कहिले उहीँ ठ्याक्कै गाउमा नै  पुगे जस्तो अनुभूति गराउने पूरा प्रयास गरेको देखिन्छ।

 समग्रमा   भन्नू पर्दा दर्सकलाइ समय बितेको पत्तै नपाउने गरि सबैको आ आफ्नो कला प्रतुतिले  आगामी दिनमा पद्मा थिएटरको नाटक प्रस्तुतिले सिङ्गो पोखराकै छुट्टै पहिचान बनाउन सफल हुने देखिन्छ।

धनिरामको गोरु नाटकमा कलाकार दिल प्रसाद गुरुङ, ज्योति हमाल, सावित्रा पाठक , सितला अधिकारी ,विभु  प्रसाद  भुसाल ,रामहरि अधिकारि ,सुमन कार्कि, अर्जुन गुरुङ , अभिषेक भुषाल , दिव्य अमृत को भुमिका र प्रस्तुति  अत्यन्तै मन मोहक एक पटक हैन पटकपटक हेरौ हेरौ लाग्ने खालको थियो। समग्रमा भन्नु पर्दा धनिरामको  गोरु नाटक एउटा सन्देसमुलक  गाउले  परिवेस गाउको भाषा  सामान्य  जीवन शैली कृषकको जिवनि लाइ नाटकमा पुरै उतार्ने प्रयास भएको  खारिएका लेखक केदार नाथ पौडेल तथा निर्देसक कपिल शर्मा  सफल देखिएका छन् । नाटक धनिरामको गोरुमा भुमिका निर्वाह गर्ने कलाकार हरुको प्रस्तुति सम्झन लायक देखिन्छ।

प्रतिकृया दिनुहोस