पोखरा महानगरपालिका वडा नं २६/२७मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको अधिवेशन शनिवार सम्पन्न भएको छ। १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना,सचिवमा विरेन्द्रराज भुर्तेल,कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने,सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार,सम्झना लामिछाने,दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ब्यवसायिहरु संगठित भएर अर्घौचोकलाई ब्यापारिक केन्द्र विन्दुको रुपमा विकास गराउन पर्ने सुझाव दिदै सो क्षेत्रका उपभोक्तालाई सुलभ दरमा गुणस्तरिय सामाग्री उपलब्ध गराउन सक्नु पर्नेमा जोड दिएका थिए ।
लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष शिवप्रसाद भण्डारी,शिसुवा वजार ब्यवस्थापन समितिका अध्यक्ष शिवराज अधिकारी,सल्लाहकार भरतकुमार अधिकारी र निवार्चन संयोजक वासुदेव न्यौपाने लगाएतले ब्यवस्थीत वजारको पहिचान दिन सक्ने हो भने यस क्षेत्रका ब्यवसायिहरुको ब्यापार पनि राम्रो हुनेमा विश्वस्त रहेको जनाए ।
समितिका सचिव रामबहादुर थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वेल प्रसाद सापकोटाले गरेका थिए भने कोषाध्यक्ष प्रभा पौडेलले वार्षीक आय ब्ययको विवरण प्रस्तुत गरेकी थिईन ।
