Friday, January 16News That Matters

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

यो समाचार शेयर गर्नुहोस्

काठमाण्डौ १२ फागुन
महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्ट लुक्स पोस्टर सार्वजनीक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गते देखि रिलिज मिती तोक्दै चलचित्र खजुरे ब्रोको फस्ट लुक्स पोस्टर सार्वजनीक गरीएको हो । चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजीक संजाल फेसवुकमा पोस्टर पोस्ट गर्दै उत्साहीत भएको बताएका छन् ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एक हप्ता अघि मात्रै धरानमा सकिएको थियो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ ।लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ।

वैशाख महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठी सगै रेयर राई ,नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।

यो चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ भने धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् ।

प्रतिकृया दिनुहोस