Friday, March 28News That Matters

घर भाडा सरोकार महासंघ गण्डकीका  अध्यक्षमा कमलप्रसाद न्यौपाने

यो समाचार शेयर गर्नुहोस्

मङ्गलवार १५/

घर भाडा सरोकार महासंघ गण्डकीका  अध्यक्षमा कमलप्रसाद न्यौपाने कास्की बाट सर्वसम्मत चयन हुनुभएको छ ।

आज पोखरामा सम्पन्न महासँघको अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी समितिको उपाध्यक्षमा ईन्दु श्रेष्ठ कास्की बाट चयन हुनुभयो । सचिवमा ताराप्रसाद तिवारी कास्की  बाट र कोषाध्यक्षमा अम्विका घिमिरे समेत कास्की बाटै चयन  हुनु भएको छ।

महासंघ गण्डकी सदस्यहरुमा रामप्रसाद चापागाईं कास्की, भीम सिंह  तनहुँ र तुलसी शर्मा कास्की रहनुभएको छ । महासंघ गण्डकीको उपाध्यक्ष पद भने खाली राखिएको छ ।

उपाध्यक्षमा पछि मनोनयन गर्नेगरी खाली राखिएको महासंघ गण्डकीले जनाएको छ ।

यसअघि महासंघ गण्डकीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा उद्घाटन शत्र चलेको थियो ।

प्रतिकृया दिनुहोस