पोखरा १६ फागुन
स्वर्गिय रवीन्द्र अधिकारीको ५ औं स्मृति दिवसको अवसरमा पोखरा ५ मा रहेको रविन्द्र स्मृति बाटिकामा मंगलबार दीप प्रज्वलन तथा पुष्प अर्पण गरिएको छ ।

स्मृति कार्यक्रम नेकपा एमाले वडा कमिटि पोखरा ५ को आयोजनामा भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागि एवं नेकपा एमाले गण्डकी प्रदेश कमीटीका अध्यक्ष नवराज शर्माले स्व. रविन्द्र अधिकारीको योगदान , सोच र योजनाका बारेमा चर्चा एबम् स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारी,पूर्व गृह मन्त्री खगराज अधिकारी,पूर्व गण्डकी प्रदेश सभा सांसद राजीव पहारी,केन्द्रिय कमिटि सदश्य मिना गुरुङ, केन्द्रिय अनुसासन आयोगका मित्र कुमारी गुरुङ, डा.भरत पहारी ,नेकपा एमाले गण्डकी प्रदेश कमीटी का अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मिन बहादुर गुरुङ,सचिव धनन्जय दवाडी, सदस्य दिलिप बिक्रम शाही,उमा कोइराला,वडा नम्बर ७ का पुर्व अध्यक्ष वडा नम्बर ५ पुर्व वडा अध्यक्ष धन बहादुर नेपाली, पुर्व सदस्य अन्जु के.सि ,कमला सुनार ,प्रतिनिधि सभा सदस्य माननीय दामोदर पौडेल बैरागि ,गण्डकी प्रदेश सभा सदस्य राजकुमारि भुजेल, प्रदेश कमिटी का सदस्यहरू ,नेकपा एमाले कास्की जिल्ला कमिटि उपाध्यक्ष तेज नारायण अधिकारी ,जिल्ला कमिटि पदाधिकारी तथा सदस्यहरु,महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने एवं पदाधिकारी तथा सदस्यहरु रविन्द्र स्मृति प्रतिष्ठान का पदाधिकारी तथा सदस्यहरु,वडा कमिटी ५ का अध्यक्ष एल पि शर्मा , पो.म. न.पा वडा ५ का अध्यक्ष बिष्णु प्रसाद एवं जनप्रतिनिधिहरु, वडा बासि र पत्रकारहरुको सहभागिता रहेको थियो।

स्व रविन्द्र स्मृति कार्यक्रममा प्रतिनिधि सभा सदस्य विभ्या भट्टराई अधिकारी ज्यु लगायत उपस्थित सम्पुर्ण पाटिका उच्च तह देखि स्थानिय तहसम्मका नेता कार्यकर्ता सहितले पुष्प अर्पण सहित दिप प्रज्ज्वलन गर्नु भएको थियोे भने उक्त कार्यक्रमको सञ्चालन नेकपा एमाले वडा कमिटी ५ का सचिव लक्ष्मण बरालले गर्नुभएको थियो ।