Friday, January 16News That Matters

पोखरामा श्रीमद्भागवत सप्ताह महायज्ञ हुने

यो समाचार शेयर गर्नुहोस्

पोखरा २० फागुन 

पोखरामा श्रीमद्भागवत सप्ताह महायज्ञ आयोजना हुने भएको छ । 

सम्पुर्ण सनातनि धर्म तथा विभिन्न धार्मिक सघ सस्था हरु तथा समग्र पोखरावासि को आयोजनामा बैशाख १ देखि १० गतेसम्म पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने आइतबार पोखरा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख नेपाल सन्त समाजका अध्यक्ष तथा  पिठाधिस हरिहर आश्रमदेवघाट धामश्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले पत्रकार भेटघाट कार्यक्रम महासघकै हलमा मातृ नेतृत्व समेतको उपस्थितिमा महायज्ञ बारे जानकारी गराउन पाएकोमा खुसि व्यक्त गर्दै,

 हिजो यस्ता महायज्ञ विकासका लागि हुने धनकालागि धनआर्जनका लागि महायज्ञ हुने गरेको तर्फ इङ्गित गर्दै हात थाप्ने च्यादर ओढाउने खालको महायज्ञ नभएर यो महायज्ञ सामान्य सर्वसाधारण विपन्न जो कोहिले पनि  सहजै कर्ता बस्न पाउने सबैलाई समान अवसर र  अपनत्व हुने गरि यो महायज्ञ गर्न लागेको वताउनु भयो ।महायज्ञ  शुभारम्भ भने २०८१ बैशाख १ गते देवघाट धाम स्नान तथा महासङ्कल्प हुने २ गते उद्घाटन हुने र ९ गतेसम्म भागवत हुने १० गते समापन गरिने वताउनु भयो । बिधिवत लक्ष होमन गरिने ७.३० बाट १२.३० सम्म बिधिवत हुने जानकारी गराउनु भयो ।

यसैगरी केदारेस्वर पिठाधिस चिद्घन चैतन्य महाराज ज्युले यो महायज्ञ धर्म सस्कृतिको रक्षाका लागि  ठुलो बल पुग्ने वताउनु भयो । सोही अवसरमा  पत्रकार महासघ कास्की अध्यक्ष विमला भण्डारीले महायज्ञ बारे पत्रकार महासघमा पत्रकार भेटघाट मात्रै नभएर पिठाधिस महाराज को उपस्थितिले महासघ पवित्र भएको वताउदै महायज्ञ समग्र हिन्दु धर्म सस्कृति परम्पराको रक्षाका लागि गर्न लागेको मा खुसि प्रकट गर्दै यसका लागिआफु महासघको तरफ बाट  हर तरह सहयोग रहने वताउनु भयो । पत्रकार भेटघाट कार्यक्रममा  ज्योतिष पत्रकार महासघ अध्यक्ष बलाराम उपाध्याय ज्युको समेत उपस्थिति रहेको थियोे । साथै विश्वहिन्दु महासघ सह अध्यक्ष शङ्कर खराल ज्युले   विगतमा गरिने महायज्ञ अर्थ सङ्लनका लागि मात्रै हो कि जस्तो देखिने चन्दा सहयोगका लागि मात्रै महायज्ञ भएजस्तो देखिदै आएकोमा यो महायज्ञ भागवत गिता  विशुद्द मोक्ष प्राप्तिका  लागि मात्रै भएको हुदा सर्वसाधारण हरु समेत सहजै  उपस्थिति हुने वताउनु भयो ।

सात दिन सम्म निरन्तर पाठ पारायण,प्रवचन एव्म श्रवण गरेमा अभिष्ट प्राप्ति र पितृ मोक्ष हुने  पतञ्जलि योगा गण्डकी प्रदेस सगठन मन्त्री तथा विश्व हिन्दु महासघका कोषाध्यक्ष तथा  महायज्ञ  संयोजक लक्ष्मण पौडेलले बताउनु भयो । ।

लोक कल्याणर्थ सत्कर्मबाट नयाँबर्षको प्रारम्भ गर्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको संयोजक पौडेलले जनाउनु भयो  ।

महायज्ञमा सन्त समाज नेपालका अध्यक्ष हरिहर सन्यास आश्रम देवघाटका पीठाधीष अनन्त श्री बिभूषित ज्ञानान्द सरस्वती महाराजबाट प्रवचन हुने सस्थाका बरिष्ट उपाध्यक्ष हिक्मत बहादुर कुँवर क्षेत्रीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कार्यक्रम सहसंयोजक महेश पराजुलि,महासचिव सूर्यभक्त सिग्देल,कोषधक्षय मोहन प्रसाद अधिकारी,सचिव नगेन्द्र शर्मा भण्डारी र नदेन्द्र रानाभाट र सह कोषाध्यक्ष संगिता तिम्सिीना लगायतको उपस्तीथि रहेको थियो ।

प्रतिकृया दिनुहोस