Friday, March 28News That Matters

बाइक मोडिफाई गरि होहल्ला मच्याउँदै हिडने ६ सय ८१ वटा  बाइक कारवाहिमा 

यो समाचार शेयर गर्नुहोस्

पोखरा २० फागुन 

पोखराको बिभिन्न ठाउँबाट  बाइक मोडिफाई गरि होहल्ला मच्चाउदै गुडाउने बाइकलाई  कास्की प्रहरिले नियन्त्रणमा लिएर कारवाहि गरेको छ । 

उक्त बाइकहरु जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीको संयुक्त प्रयास नियन्त्रण लिइएको हो । आइतबार जिल्ला प्रहरी कार्यलय कास्कीमा पत्रकार सम्मेलनको आयोजना गरि बुलेट,क्रसफायर,पल्सर केटिएम डुक नामका बाइकहरु नियन्त्रणमा लिइएर कारवाहि गरिएको जानकारी दिइएको हो । 

स्वरुप परिर्वतन गरि एकदमै कानकै जालि फुटने गरि  पडकाउदै गुडाउने  वाइकलाई गएको भदौ महिना देखि शुरु गरिएको अभियानमा पहिलो पटक २२ वटा नियन्त्रणमा लिइको थियो र पहिलो पटक अभिभावको रोहवरमा ट्राफिक जरिवाना काटेर छोडिएको थियो ।

अहिले सम्म ६ सय ८१ वटा बिभिन्न कम्पनिका बाइकहरु नियन्त्रण लिइएको कास्की प्रहरी प्रमुख एसपि मोहनकुमार थापाले जानकारी दिए । उक्त बाइकहरु बाट ७लाख ४२ हजार ७ सय राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै पछिल्लो पटक ३ दिनको अबधिमा ५९ वटा मोटरसाइकल नियन्त्रण लिइको उनले खुलाए ।

यसरी पक्राउ परेका हरुलाई पहिलो पटके भएको खण्डमा ट्राफिक जरिवान मार्फत छोडिने र १ पटक भन्दा बढि पटक भएको खण्डमा कारवाहिको लागि यातायात कार्यलय पठाउने एसपि थापाले जनाए । एसपि थापाका अनुसार  यसरी पड्काउने बनाउनमा वर्कसप वालाहरुको पनि हात हुने वताउदै अब वर्कसप वालाहरु लाई  पनि कारवाहि गरिने बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाईने व्यवस्था रहेको । 

यसो त कतिपय कम्पनिका मोटरसाइकल कम्पनी बाटै आएको मोटरसाइकल धनी तथा चालक हरुले  वताएका छन्। 

कतिपय सर्वसाधारणले भने ट्राफिक प्रहरिले यस्ता सवारी माथि निगरानि राखेन भनेर दोष थुपार्नु भन्दा सरकारलेनै यस्ता मोटरसाइकल ल्याउनमा बन्देज लगाउनु पर्ने वताउदै आएका छन्।

प्रतिकृया दिनुहोस