कुनै पनि देसका लागि राजनिती अत्यन्तै महत्वपुर्ण आधार मात्रै हैन सिङ्गो देस र जनताको भबिष्य लाई सहि मार्गमा लैजाने माध्यम हो। देसलाइ सहि दिशातिर डोर्याउनका लागि सहज र मुल मार्ग हो। त्यसैले त राजनिति लाइ सहि मार्ग तिर लैजानका लागि पाटिको आवस्यकता पर्छ। पाटिलाई बलियो र मजवुत बनाउनका लागि विचार र सिद्दान्तर नितिको आधारसहितको महत्त्वपूर्ण भुमिका हुन्छ।त्यसैले त भन्ने गरिन्छ राजनितीमा कुनैपनि पाटिको विचार सिद्दान्त र निति भएन भने राजनितिक असफलताले बाटो समाउछ। जसले गर्दा पाटि मात्रै हैन नेताहरुमा समेत पतनको तर्फ धकेलिने सङ्केत हरु देखा पर्न थाल्छन्। त्यसैले भन्नै पर्ने हुन्छ जब कुनै देसमा विचार सिद्धान्त र नीति विहिन राजनिती पाटि र दुर्दर्शिता हिन नेताहरुले जन्म लिन्छन् तब देस र जनताको मात्रै हैन पाटिको भविष्य समेत अन्धकार तर्फ धकेलिने खतरा पैदा हुन्छ। कुनैपनि पाटिमा जब सम्म विचार सिद्धान्त र निती हुदैन तबसम्म राजनितिको खासै अर्थ रहदैन ।
इतिहासलाइ पुरै कोल्टे फेरेर फर्किएर हेर्दा नेपालमा राजनीतिक पाटिहरुको उदय भएको पनि दसकौ वितेको देखिन्छ। तिनै पाटिपनि कहिले कुन नाम बाट त कहिले कुन नाम बाट कहिले कुन बाटो बाट त कहिले कुन बाटो बाट अगाडि बढ्दै आए। जतिपनि पाटि आए सबैले पहिला पाटिको विचार सिद्दान्त र निति लाई अगाडि बढाउदै आए। पटकपटक शासन सत्ता सम्हाले त्यहि पाटिकै विचार सिद्दान्त र निती लाई लिएर कोहि कति पटक कोहि कति पटक प्रधानमन्त्री भए। पटकपटक हैन बर्षौदेखि वालुवाटार सिहदरवार वानेश्वर ओहोरदोहोर गरि रहे नेपाली जनतालाइ पटकपटक झुक्याउदै भने अब देसले कोल्टो फेर्छ भने तर आ आफ्नो पोल्टो भरे। हिजो चप्पल पड्काउदै आएका नेताहरु आज सम्पन्नशालि राजधानिवासि बने। कहिले वादको व्यापार त कहिले विचारको व्यापार गर्दै आए । नेपाली जनतालाइ लडाउनु सम्म लडाए देसमै परिवर्तन आउँछ भन्ने कुरा लाई विश्वास गरेर आत्मसात गरेर कति नेपालि जनताले रगत बगाए शहादत प्राप्त गरे कतिलाइ यिनै नेताहरुले देसका लागि भन्दै हजारौं जनताको जीवन र सपनालाइ समेत बलि चढाए। कहिले रुख कहिले सुर्य कहिले हसिया हथौडाका नाममा नेपाली जनता एक आपसमा लड्दै भिड्दै आए त्यति मात्रै कहाँ होर कतिले यिनै पाटि र पाटिको निति भन्दै नेताहरुकै पछि लाग्दा लाग्दै किसानले परेलि छाडे व्यापारिले व्यापार बाडे यहासम्म कि पाटिको विचार सिद्दान्त र निति भन्दा भन्दै नेताकै पछिलाग्दा लाग्दै नाता सम्वन्धनै तोडे। तर नेताहरुले भने सतेताकै लागि विभिन्न बन्धनका नाममा घाटि नै जोडे।
आज आएर नेताहरुले पाटिको विचार सिद्दान्त र निति नै छाडे त्यति मात्रै छाडेनन् वास्तवमै भन्ने हो भने राष्ट्र नछाडेकै भएपनि राष्ट्रियता नै छाडे, नेपाली जनतालाइ कित्ता कित्तामा बाडे। सत्ता प्राप्तिका लागि भागवण्डा मिलानका लागि चुनावताका त कहिले कुन कहिले कुन गठवन्धनका नाममा चुनाव चिन्ह नै कतै बाडे कतै सत्तामा जान पाइन्छ भन्ने लोभ लालचमा आफ्नै चुनाव चिन्ह नै छाडे।। त्यति मात्रै हो र नेपालि जनतालाइ उहि सिमा क्षेत्रमा रहेका नेपालि हरु बेलुका रातभरका वा को कतिखेर भारतिय भुमिको हुनुपर्ने हो भनेजस्तै नेपालि जनतालाइ कहिले कुन कहिले कुन गठवन्धनको हुनु पर्ने अवस्था सिर्जना गरे । यो सब मौसमि गठवन्धन किन गरे कसका लागि गरे भन्ने कुरा बुझ्न अब नेपाली जनतालाइ खासै गार्हो छैन आम नेपालि जनताले बुझि सकेका छन्।
त्यसैले नीति विहिन पाटि दुर्दर्शिता हिन नेता हरुकै कारण देस बर्वादिको बाटो जाने त हैन भन्ने खतराका सङ्केतहरु देखा पर्न थाले भन्नु पर्ने अवस्था आएको छ।। किन भने यहाँ अब सबै पाटिको नीति भनेकै मात्रै सत्तामा जाने नेपाली जनतालाइ भर्याङ बनाउने सिवाय अरु केही रहेन। यसो गठवन्धन टुट्यो भने अपवित्र गठवन्धन भनिदिने बैमानहरु बिच भएको गठवन्धन भनिदिने अनि न्वारन देखिको बल लगाएर बर्षौ पहिलेका कुरा कोट्याउदै एकले अर्कोलाइ दोषारोपण सहित गालि गलौज गर्ने कोहि कसैको नामलिनु पर्यो भने मुख खोकल्नु पर्ने हुन्छ भन्ने सके सम्म भित्तैमा पुर्याउन खोज्ने कोहिले सडकमै सिहासन बनाएर विरोध गर्न बस्ने सत्तामा जानकै लागि कहिले गठवन्धन को गाठो कस्ने कहिले गठवन्धनकै गाठो फुस्कियो कि कसैको धोती नै फुस्कने। उहि हड्डिका लागि कुकुरको पर्खाइ भन्ने भनाइ सग ठ्याक्कै मेल खाने चरित्र देखाउने। भएपछि अनि नेपालि जनताले अब कसरि नेपालमा यस्तो पाटि छ जुन पाटिले आफ्नै पाटिको विचार सिद्धान्त र नितिलाइ आत्मसात गरेको छ भन्ने। सबका सब उहि गिरिजा बाबुले भन्नू भएजस्तै सबका सब माले मण्डले मशाले भनेजस्तो यतिबेला ठिक त्यस्तै भन्नू पर्ने अवस्था देखिएको छ। त्यसैले त आम नेपालि जनताले यस्तो नीति विहिन पाटि दुर्दर्शिता हिन नेताहरु भएपछि कसरी देस अगाडि बढ्न सक्छ। नेपाली जनताको भबिष्य कसरि अन्धकारमुक्त हुन सक्छ भनेर प्रस्न गर्ने बेला आएको छ।