पोखराका विभिन्न ठाउँमा माग्दै घुम्नेहरु लाई महानगर प्रहरी र नेपाल प्रहरिको सयुक्त टोलिले नियन्त्रणमा लिएको छ। नियन्त्रण पश्चात् उनीहरुलाई सहज जिवनयापनका लागि मानव सेवा आश्रम लगिएको छ ।

बिहीबार नेपाल प्रहरी तथा पोखरा महानगर प्रहरीको समन्वयनमा चालिएको प्रयासमा २५ जनालाइ नियन्त्रण लिएर सुरक्षा सयुक्त टोलिले उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले वताउनु भयो ।
महानगर प्रहरी प्रमुख थापाका अनुसार विभिन्न स्थानहरुमा माग्दै हिडि रहेका २५ जना मध्ये
९ जना पुरुषलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको जिम्मा लगाइएको छ।

भिक्षा माग्न कानुनले निषेध गरेको भएपनि पोखराका सडक गल्लि गल्लिमा माग्दै हिड्ने हरु जहातहि देख्न पाइन्छ।
माग्दै हिड्नेहरु लाई माग्न कानुनले निषेध गरेको भन्ने जानकारी नभएर वा मागि खान बाध्य भएर माग्दै हिड्नु पर्ने अवस्था र कारणलाइ निराकरण गर्दै मागिखाने कार्य अन्त्य गर्नका लागि सम्वन्धित निकाय गम्भीर बन्नु पर्ने अवस्था छ।
यसो त पोखरालाइ सडक मानव सहयोगापेक्षी मुक्त घोषणा गरिएको छ ।
पछिल्लो समय पोखरा बजार मुख्य मुख्य चोकमा मात्रै नभएर भित्री बाटो गल्लि टोल टोलमा बिभिन्न भेषधारि माग्ने वहानामा प्रवेस गरेपछि स्थानीय त्रसित बन्न पुगेका गुनासाहरु आउन थालेका थिए।
पोखरा महानगर प्रहरी र नेपाल प्रहरिको समन्वयनमा थालिएको सयुक्त अभियानले पक्कै पनि माग्ने हरुले मुख्य चोक चोकमा सडक फुटपाथ वसपार्कमा छेकेरै बस विसौनि सरकारि कार्यालय सार्वजनिक सवारिमा यात्रा गर्ने यात्रुहरुले माग्नेहरुकै कारण हैरानि खेप्नु परेको थियो ।
अब भने नेपाल प्रहरी र महानगर प्रहरिको समन्वयमा थालिएको सयुक्त अभियान लाई निरन्तरता दिदै जाने हो भने पक्कै पनि पोखरा महानगर पालिका माग्ने शून्य हुनेछ ।