डाँडाघरे खवर /
पोखरा चैत ४ गते पोखरा लाई पर्टकिय राजधानी घोषणा गरिएको छ। पोखरा लाई पर्यटकिय राजधानी घोषणा समारोहको शुभारम्भ कार्यक्रम बसुन्धरा पार्क बाट हजारौं नागरिकको उपस्थितिमा शुरु गरिएको झाँकि र्यालि बाजा नाच गान सहित बाराहि घाटमा पुगेको थियोे । झाकि नाचगान सहित आ आफ्ना कला प्रस्तुति सहित कास्की जिल्लाका पालिका साथै महानगर पालिकाका ३३ सै वडा बाट बिभिन्न टोल विकास धार्मिक सघ सस्था आमा समुहको उपस्थिति रहेको थियो । सोही अवसरमा महानगर ग्रामिण वडाहरु बाट समेत फरक फरक पोशाकमा आमासमुहको उपस्थिति रहेको थियो ।

बाराहिघाट फेवा किनारमा गर्न लागिएको पर्यटकिय राजधानि घोषणा समारोहमा प्रमुख अतिथि सन्माननिय प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो । समारोहमा गण्डकी प्रदेस प्रमुख साथै, माननीय मुख्य मन्त्री ,पुर्व मुख्यमन्त्री खगराज अधिकारी साथै बिभिन निकाय प्रमुख सघ तथा प्रदेस माननीय मन्त्रि सासद साथै बिशिस्ट व्यक्तित्व महानगर पालिका गाउपालिका जनप्रतिनिधि लगायत सबैनिकाय प्रमुख , पर्यटक व्यवशायि नगरवासि हरुको उपस्थितिमा महानगर प्रमुख मेयर धनराजले स्वागत मन्तब्य सहित पर्यटकिय राजधानी घोषणा बारे प्रकाश पार्नु भएको थियोे ।

गण्डकी प्रदेस सरकार तथा महानगर पालिकाको सहकार्य तथा समन्वयनमा गरिएको घोषणा कार्यक्रममा
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा समारोहमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् । आजै साँझदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड पृथ्वीचोक ,महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु दोहोरी साझ होटल रेष्टुरेन्ट रात्रिसेवा व्यवशाय रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने उनले बताए ।

उनले राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाए ।
उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने घोषणा गरे । उनले पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे ।



