Friday, March 28News That Matters

पर्यटकिय राजधानी घोषणा ग्रामिण वडावासिमा खुसियाली

यो समाचार शेयर गर्नुहोस्

चैत्र ४  पोखरा/गण्डकी प्रदेस सरकार पोखरा महानगर पालिकाको सयुक्त रुपमा पोखरा लाई पर्यटकिय राजधानि घ‍ोषणा गरिएको छ।      फेवा किनार वाराहिघाटमा अौपचारिक सभामा  सन्माननिय प्रधानमन्त्रि पुस्पकमल दहाल प्रचण्ड ज्युको प्रमुख आतिथ्यतामा गरिएको उद्घाटन तथा घोषणा कार्यक्रम समारोहमा महानगर पालिकाका ग्रामिण वडाका बिभिन्न सघ सस्था आमा समुहको समेत उल्लेखनिय उपस्थिति रहेको थियो। 

तत्कालीन  लेखनाथ नगर पालिका तथा गाउपालिका लाई मिश्रीत गरि  पोखरा लाई महानगर पालिका घोषणा गरे सगै  तत्कालिन अवस्थामा महानगर पालिका वासि भए पछि  समग्र विकासको अपेक्षा सहित  रमाएका ग्रामिण वडावासि हरु फेरि यसपटक पर्यटकिय राजधानी घोषणा समारोहमा खुसियालि मनाउदै  पञ्चे बाजा झाकि नाचगान सहित उपस्थिति जनाएका थिए। 

पोखराकै निकट रहेर पनि पर्यटकिय विकास बाट  बर्षौ देखि ओझेल पर्दै गएको  कास्की कोटको नामले परिचित वडा नम्वर २४ पनि यो खुसियाली बाट अलग रहन सकेन।

 कार्यक्रममा विभिन्न बिषयगत   व्यक्तित्व  साथै गित सगित गायक लाई समेत  सन्मान गरिएको थियो।  राष्ट्रिय स्तरकै गायक द्वारा गण्डकी तथा पोखराका प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गितिक प्रस्तुति रहेको थियोे   

पोखरा पर्यटकिय  राजधानी घोषणा पछि ग्रामीण वडाले पनि  पर्यटकिय विकास पाउछ पाउदैन त्यो भोलिको कुरा भएपनि ग्रामिण वडाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो।

पोखरा लाइ  पर्यटकिय राजधानी घोषणा कार्यक्रममा  वडा जनप्रतिनिधि नेतृत्वमा वडा सचिव सहितको उपस्थितिमा  नेतृत्वमा वडा नम्वर २४ कास्की कोटले भने ऐतिहासिक कास्की क‍ोटकै पहिचान बोकेको पञ्चेवाजा समूह साथै शुभ बिहानि आमा समुह मैदान, सिर्जनशिल आमा समुह  बास्कोट ,दोपहरे आमा समुह दोपहरे,गुप्तकालि आमा समुह मौला ,एकता आमा समुह  नेपालिटोल,लौरुक आमा समुह लौरुक,सिमलचौर आमा समुह सिमलचौर ,नवप्रतिभा आमा समुह खड्गाउँ श्री जनजागरण शहकारि सस्था  पोखरिचौर    सहभागिता  रहेको  महिला वडा सदस्य स्वरास्वस्ति गौतमले  वताउनु भयो। 

प्रतिकृया दिनुहोस