Friday, March 28News That Matters

भ्रष्टाचार शब्द एक प्रकार अनेक

यो समाचार शेयर गर्नुहोस्

तैपनि भ्रष्टचार  शब्द एक प्रकार अनेक किन भनिन्छ भने यहा भ्रष्टचार  शब्द एक प्रकार अनेक छन् त्यसमा पनि  सिहदरवार वालुवाटार वानेश्वर बाट जन्मलिने भ्रष्टचार  ठुला ठुला  र ठुलाबडाले गर्ने भ्रष्टाचार हुन्।जसलाइ जो कोहिले अन्त्य गर्ने आट गर्न पनि सक्दैनन्। किन भने त्यस्ता भ्रष्टचार भनेका राष्ट्रिय शक्ति सग सम्वन्धिथत हुन सक्छन्। 

जस्तै ललिता निवासआधा रोपनिकाण्ड सत्तरी काण्ड एमसिसिकाण्ड  ,एनसिल काण्ड , भुटानि शरणार्थी ,काण्ड राहदानि काण्ड  यस्ता दर्जनौ भिआइपि भ्रष्टाचारका काण्ड र प्रकरण छन्।  विकासका नाममा ठेक्का पट्टा टेण्डरका नाममा  भ्रष्टाचार,  नियुक्तिका नाममा भ्रष्टाचार , स्थायि अस्थायि करार जागिरका नाममा भ्रष्टचार , सरुवा बढुवाका नाममा भ्रष्टाचार , सिफारिसका नाममा भ्रष्टाचार , यहासम्मकि  भ्रष्ट तस्कर माफियालाइ उन्मुक्ति दिने कारवाहि नगर्ने जोगाउने बचाउने सफाइ दिने  नाममा  समेत भ्रष्टचार हुदै आएका छन्।

यी र यस्ता कार्यमा लाग्ने हरु बहुरुपि भ्रष्टचारि हुन् भन्न सकिन्छ। त्यसैले त उहीँ पृथ्वि नारायण शाहले  चार जात छत्ति वर्णका फुलवारिले सजिएको मेरो देस नेपाल  भनेजस्तै: हामी नेपालि जनताले पनि अब मेरो देस नेपाल तस्करै तस्कर र  भ्रष्टै भ्रष्टचारि हरुले भरिएको मेरो देस भन्नू पर्ने अवस्था आएको ता हैन भन्ने सङ्केतहरु चौतर्फि देखा पर्न थालेका छन्।

यी त भए  ठुला ठुला र ठुला ठुलाका भ्रष्टचार यहाँ अरुपनि भ्रष्टचार छन् दुला दुलामा दुला भित्र भित्रका भ्रष्टचार ता अनगिन्ती हजारौ भ्रष्टाचार  छन्  त्यसैले त यहाँ भ्रष्टचार शब्द एक भ्रष्टचारका प्रकार अनेक भन्नू पर्ने अवस्था सृजना भएको छ।जहाँ भ्रष्टाचारि लाइ जोगाउन र भ्रष्टचार बाट जोगिन अर्को भ्रष्टचार  हुन्छ ।

त्यसैले भन्नै पर्ने हुन्छ हाम्रो जस्तो परनिर्भर भएर जनता बाच्नु  पर्ने परनिर्भर भएर शासन  सत्ता चलाउनु पर्ने अकुत सम्पति  जोड्नकै लागि  करोडौ खर्चेर  भएपनि सत्तामा पुग्नुनै पर्ने परम्परावादि सोच र  राजनितिक ओतप्रोतको प्रभावले जकडिएको हाम्रो जस्तो   देसमा भ्रष्टाचार शब्द एक प्रकार अनेक हुनु  दुर्भाग्य शिवाय अरु केहि हैन भन्न मात्रै सकिन्छ।

प्रतिकृया दिनुहोस