पोखरा बैशाख ११ मङ्गलवार विश्व हिन्दु परिषद नेपाल कास्कीको आयोजनामा विश्वहिन्दु परिषद् नेपालका महासचिव जितेन्द्र सिहको उपस्थितिमा पोखरामा पनि हनुमान जयन्ती मनाइयो।

आयोजित हनुमान जयन्ती कार्यक्रमको अवसरमा हिन्दु धर्मालम्वि भक्तजनहरु द्वारा पोखराको नदिपुर निलकण्ठ महादेव आश्रम सेवा समिति नारायणथान बाट बजरङ्गवलि जय श्रीराम अङ्कित झण्डा सहित शुरु भएको धर्मिक मोटरसाइकल र्यालि पोखराको वगर, सिम्पानि, हरिचोक ,विन्दवासिनि ,पर्स्याङ, जिरोकिलोमिटर हुदै लेकसाइ ,हल्लनचोक, वाराहिचोक राष्ट्रबैक चोक हुदै पृथ्वी चोक, सभागृह चोक हुँदै न्युरोड, महेन्द्रपुल ,पालिखेचोक हुदै पुन नारायणस्थान पुगि एक कार्यक्रमका बिच समापन गरिएको थियो।

र्यालिमा हनुमानजि कि जय, जय वजरङ्गवलि हनुमानजि कि जयको स्तुति भजन सहित भक्तजनहरु द्वारा उच्चारण गर्नुका साथै भजन सहितको उक्त र्यलिमा भक्तजनहरुको बाक्लै उपस्थिती रहेको थियो। आयोजित हनुमान जयन्ति धार्मिक र्यालि कार्यक्रममा हिन्दु स्वँयसेवक सँघ नेपालका उपाध्यक्ष बिष्णु पौडेल विश्वहिन्दु महासघका उपाध्यक्ष शङ्कर खराल लगायतको उपस्थिति रहेको कार्यक्रममा सनातनि हिन्दु धर्मालम्वि बिभिन्न धार्मिक सँघ सस्था प्रतिनिधि तथा गुरु हरु साथै भक्तजनको उपस्थिती रहेको विश्वहिन्दु परिषद सम्भाग प्रदेस सचिव कृष्ण गौतमले वताए ।
उनका अनुसार आजै साझ नारायण थान मन्दिरमा सञ्ध्या भजन किर्तन गरिने कार्यक्रम रहेको छ।
आज पोखराका बिभिन्न मठ मन्दिरहरुमा समेत आज भक्तजनहरुले हनुमान जयन्तिको अवसरमा हनुमान दर्शन पुजा पाठ सहित आराधना गरेका थिए।
