आइतवार बैशाख१६ पोखरा / सामाजिक सेवा गर्दै आइरहेको लालिगुरास एशोसियसन क्लवले यहि १५ गते शनिवार आफ्नो बाह्रौ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।प्रमुख अतिथि तथा गण्डकी प्रदेस माननीय साँसद स्वरास्वस्ति गुरुङ्को प्रमुख आतिथ्यतामा उद्घाटन तथा शुभारम्भ गरिएको थियोे ।




आयोजित रक्तदान कार्यक्रमको अवसरमा बिशिष्ट अतिथि वडा नम्वर १३ वडा अध्यक्ष किरण वराल अतिथिमा अमरसिह उच्च माध्यामिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा १०२ युनिट रगत सङ्कलन भएको रक्तदान कार्यक्रमका सँयोजक इश्वर बस्यालले वताए। अमरसिह खेलमैदानमा गरिएको रक्तदान कार्यक्रम क्लवका अध्यक्ष डम्वर सिह गुरुङको अध्यक्षतामा गरिएको थियोे भने कार्यक्रम सँयोजक इश्वर बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए।



प्रतिकृया दिनुहोस





















