केहिदिन पहिला हरियो रङ्ग भएको सार्वजनिक नगरवस अघि अघि ट्राफिक प्रहरी दुइपाङ्ग्रे सवारीमा पछि पछि सवारी गुडाउदै गरेको तस्बिर सहित सामाजिक सञ्जालमा एउटा पोष्ट भाइरलनै बन्यो ।




आम सर्वसाधारण फेसवुक प्रयोगकर्ताले आलोचनायुक्त कमेन्ट गरे त्यसपछि कास्की ट्राफिक प्रहरीले बैशाख १० गते पोखराको सडकमा धुवाको मुस्लो फाल्दै गुडि रहेको ग १ ख ८१२४ नम्बरको हरियो रङ्गको एक नगरवसलाइ आफ्नो नियन्त्रणमा लिने काम गर्यो कारवाहिका लागि यातयात व्यवस्थापन कार्यालय समेत पठायो ।

तब कतिपय नागरिकले सामाजिक सञ्जालमा मात्रै हैन अन्यत्र पनि कास्की ट्राफिक प्रहरिले स्वागतयोग्य राम्रो काम गरेको भन्दै स्वागत गरे भने कतिपयले देखावटि मात्र भनेर टिकाटिप्पणि पनि गरे ।
पोखरामा एक त सडक कहिले धुलाम्य हुने त कहिले हिलाम्य हुने समस्या बाट अझै पनि ग्रस्तमुक्त हुन सकिरहेको छैन ।
त्यसमा पनि झन् सडकमा यसरी धुवाको मुस्लो छाड्दै सवारी गुडेपछि आम नागरिक उकुसमुकुसको यात्रा गर्न बाध्य थिए ।।
यतिका बर्ष ध्यान दिन नसकेको यातायात व्यवस्थापन कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सहितको सयुक्त टोलिले बैशाख १९ गते बुधवार एकाएक पोखराको न्युरोडमा प्रदुषणयुक्त डिजल बाट चल्ने सवारि लाई रोकेर प्रदुषण मापन यन्त्र स्मोक कोल्डर नामक उपकरण सहित चेक जाँच गर्न थाल्यो ।
जसमा ३५ सवारी चेकजाच गरेकोमा ३० सवारी ष्रदुषणयुक्त ५ सवारी ष्रदुषण मुक्त भएको परिणाम आयो । यदि यहि चेकजाच लाइ आधार मान्ने हो भने पोखराको सडकमा गुड्ने यी र यस्ता ८०% प्रतिसत डिजल सवारि प्रदुषण युक्त भएको देखिन्छ।
यातायात व्यवस्था ऐन २०४९ अनुसार सार्वजनिक सवारी तीन तिन महिनामा जाचपास गराउने प्रावधान रहेता पनि कागजि जाचपास मात्रै हुने गरेको भन्ने बलियो आधार यो चेकजाचले पनि स्पष्ट सङ्केत गरेको देखिन्छ।
भएको एक प्रदुषण मापन यन्त्र स्मोक कोल्डर नामक उपकरण बिग्रिएको पछि थप एक उपकरण मात्रै रहेको उपकरणकै अभाव र कार्यालयमा ३ जना मात्रै प्राविधिक रहेको जनाउदै यातायात कार्यालयमा उपकरण को कमि र प्राविधिक जनशक्तिको अभावकै कारणले पनि नियमित चेकजाच गर्न नसकेको भन्ने कुरालाई भने यातायात कार्यालय प्रमुख डिल्ली राज रिजालले स्विकार गर्दै।
आगामी दिनमा थप उपकरण मगाएरै भएपनि ट्राफिक प्रहरी सग समन्वयन गर्दै प्रदुषण मापनयन्त्र सहित प्राविधिक सहितको टोलि खटाएर सकेसम्म हप्ताको एकपटक नभए कमसेकम १५ दिनमा एक पटक भएपनि चेकजाचलाइ निरन्तरता दिने प्रमुख रिजालले वताएका छन्।
यसो त पोखराको न्युरोड जिरो देखि हल्लनचोक सडकखण्डमा लगाइएका बिरुवामा समेत धुवाको प्रभाव परेको देखिन्छ।
साथै पोखराका मुख्य सडकमा राखिएका डिभाइडरमा समेत लामो समयसम्मकै उडेको धुवाकै कारणले डिभाइडरको रङ्ग नै परिवर्तन भएको देख्न पाइन्छ।
कास्की ट्राफिक प्रहरी कार्यालय प्रवक्ता तथा सुचना अधिकारि वरिष्ठ प्रनानि मीन वहादुर केसिले हिजो बुधवार चेकजाँच गर्ने क्रममा प्रदुषणयुक्त देखिएका सवारी लाई आज २१ गते नियमानुसार कारवाहिका लागि यातायात व्यवस्थापन कार्यालयमा पत्र सहित पठाउने वताएका छन्।
यता सार्वजनिक यातायात व्यवशायिहरुले भने सवारीकै मात्रै कारण नभएर इन्धनका कारणले पनि बढि धुवा फाल्ने गरेको र सडककै कारणले पनि आफ्ना सवारि सरकारले तोकेको उमेरहद २० बर्ष नपुग्दै थोत्रा हुने गरेको वताउदै व्यवशायि माथि नियम कानुन लाग्ने सडककै कारणले आफ्ना सवारि जिर्ण बन्दै गएको प्रति चिन्ता प्रकट गर्दै समयमा सडक नबनाउने निकायलाइ भने कुनै नियम कानुन नलाग्ने भन्दै आक्रोश पोखेका छन्।





















