Tuesday, February 10News That Matters

पोखरा बाट प्रकासित सराङ्कोट साप्ताहिक पत्रिकाका सम्पादक तथा सुचना सञ्जाल केन्द्रीय सदस्य वञ्जारा पुरस्कृत

यो समाचार शेयर गर्नुहोस्

शनिबार २२ पाेखरा / राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभर बाट चार जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराका पत्रकार यदुनाथ बन्जारा , सिराहाका पर्शुराम शाह , हेटौंडाका पत्रकार इन्द्र प्रसाद ( रमेश ) बन्जारा र सिन्धुपाल्चोकका पत्रकार आदित्य दहाल राष्ट्रपति रामचन्द्र पौडेल बाट सम्मानित भएका छन ।

बर्षौ देखि पोखरालाइ आफ्नो कर्मथलो बनाउदै पत्रकारिता गर्दै आएका यदुनाथ बञ्जारा र हेटौंडामा पत्रकारिता गर्दै आइरहेका इन्द्र प्रसाद (रमेस )बञ्जारा सहोदर दाजुभाइले यस पट एकै साथ सन्मानित तथा पुरस्कृत भएका छन्।

आयोगले राष्ट्रपती भवन सितलनिवासमा आयोजना गरेको १७ औ स्थापना दिवसको अवसरमा विशेष समारोहका बिच सुचनाको हक कार्वन्यनको पक्षमा सकृयतापुर्वक अहम् भुमिका निर्वाह गरेकोमा अभियन्नता तथा सुचना अधिकारि लाई सन्मान तथा पुरस्कृत गरेको छ।

करिव डेढ दसक देखी पोखराबाट प्रकाशित सराङ्कोट साप्ताहिक पत्रीकाका सम्पादक तथा पत्रकार महासङ गण्डकिका सचिब तथा सुचना सञ्जाल केन्द्रीय सदस्य यदुनाथ बञ्जारा पोखरा बाट सन्मानित तथा पुरस्कृत भएका छन्।
उनी बिगत १ दशक बाट सुचनाको हक कार्यान्वयनमा सकृय रहदै आएका छ्न।

स्थापना दिवसको बिशेष समारोहमा सन्चार तथा सुचना प्रबिधी मन्त्री रेखा शर्मा ,पत्रकार महासङका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, सुचनाको हकका लागि राष्ट्रिय महासङका केन्द्रिय अध्यक्ष उमिद बागचन्दले सुचनाको हकको कार्यान्वयनका सम्बन्धमा सम्बोधन गर्दै पुरस्कार बिजेताहरुलाइ शुभकामना व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा पाच जना सुचना अधिकारीहरुलाइ पनि पुरस्कृत गरिएको थियो । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङको सभापतित्वमा आयोजित बिशेष कार्यक्रममा आयोगका सचिब होम प्रसाद लुइँटेलले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस