Friday, March 28News That Matters

कास्की ट्राफिक प्रहरीको प्रदुषणयुक्त सवारि चेकजाचमा तिव्रता कहिले सम्म निरन्तरता

यो समाचार शेयर गर्नुहोस्

बैशाख २० बिहीबार / पोखरा/ ट्राफिक प्रहरी कार्यालय कास्कीले आज २० गते बिहिवार फेरि ११ सार्वजनिक सवारी नियन्त्रणमा लिएको छ।


पोखराको सडकमा जाचपास फेल भएका सार्वजनिक सवारी गुडिरहेको अवस्थामा चेकजाच गर्ने क्रममा ९ सवारि जाचपास फेल भएको र २ सवारी जाचपास साथमा नराखेकै कारण आज २० गते बिहिवारका दिन कास्की ट्राफिक प्रहरिले ११ सार्वजनिक सवारी लाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।


यसो त हिजो बैशाख १९ गते बुधवारका दिन नगरक्षेत्रमा गुडिरहेका ३५ वसलाइ उपकरण सहित प्रदुषण चेकजाच गर्ने क्रममा ३० सवारि मा प्रदुषण देखिएको हुदा नियन्त्रणमा लिएर नियमानुसार कार्वाहिका लागि यातायात व्यवस्थापन कार्यालयमा पठाइएको कास्की ट्राफिक प्रहरि कार्यालय कास्किका वरिष्ठ प्रनानि तथा सुचना अधिकरि मीन खड्काले वताएका छन्।
पोखरामा सडकमा गुड्ने सार्वजनिक सवारिले धुवाको मुस्लो फाल्दै सडकमा गुडिरहेको देखेर पनि ध्यान नदिएको मुख्य चोक सडकमै सिठि भन्दा पनि हातमा रसिद प्याड लिएर चिट काट्ने जरिवाना लगाउने गरेको भन्ने आलोचना खेपि रहेको कास्की ट्राफिक प्रहरिले पछिल्ला केहि दिन यता पोखराका सडकमा ट्राफिक नियम उलङ्घन गर्ने धुवाको मुस्लो छाड्दै गुडिरहेका जाचपास फेल भएका प्रदुषणयुक्त सवारी लाई निगरानी राख्दै चेकजाचलाइ तिव्रता दिदै आफ्नो गतिविधिलाई अगाडि बढाउन थालेपछि सर्वसाधारण जनताले राम्रो कार्य भन्दै स्वागत गर्न थालेका छन्।।

कास्की ट्राफिक प्रहरिको चेकजाच तथा निगरानिले कहिलेसम्म निरन्तरता पाउने हो त्यो भने हेर्न बाकि नै छ।

प्रतिकृया दिनुहोस