Friday, March 28News That Matters

वानेश्वरको सँसदिय नाटक घर

यो समाचार शेयर गर्नुहोस्

व्यवस्था परिवर्तन भयो केही  नया अनुहारका शासक उदाए बाकि उहीँ पुरानै कहिले रक्सि नया वोतल पुरानो त  कहिले वोतल नया रक्सि पुरानो जस्तै कहिले पाटि पाटिमा र पाटि भित्रै पनि नेताहरुमा सत्ताका लागि देखिएको राजनिती  उहीँ कहिले गठवन्धन त कहिले सुरक्षावन्धन त कहिले उहीँ वल्ला घरे नरे ,पल्लाघर सरे भनेजस्तो उहीँ कुमालेको चक्र घुमे जस्तो सबै पाटि र नेतामा चाहे पुराना हुन्, चाहे नया हुन् ,सबैमा समान सत्ता स्वार्थि प्रवृति देखिएको छ। यहाँ कोहि न त चोखा छन् न त  कसैले दुधले नै नुहाएकै छन् ।

सत्ता बाहिर हुने बित्तिकै कहिले वानेश्वर बाट त कहिले रत्नपार्क बाट त उस्तै परे कहिले माइति मण्डला बाटै  देसभर असुरक्षा भएको देख्ने  कहिले देसको सिमा मिचिएको देख्ने नेपाल आमा रोइ रहेको देख्ने।कहिले  शहकारि समस्या देख्ने कहिले  देस भ्रष्टाचार ग्रस्त भएको देख्ने  कहिले देसैभर समस्यै समस्या भएको  देख्ने , ब्युझदा पनि निदाएको बेला पनि याने सपनामा पनि विपनामा पनि देस बर्वाद भएको देख्ने देसै रावणराज्य भएजस्तो देख्ने सत्तामा पुग्यो कि सिहदरवार वालुवाटार भित्र पुग्ने वित्तिकै  सबका सब ठिक ठाक देख्ने रामराज्य देख्ने  दल र नेताहरुमा जुन परम्परावादि चिन्तन छ ।यसले न त देसको भलो हुन सक्यो न त नेपाली जनताले सुख शान्ति सम्वृद्दि लाई भोग्न र महसुस गर्न पाए।  बास् एउटा कुराले भने स्थायित्व पायो नेताहरुले  पाच पाच बर्षमा सपना बाड्न पाए । नेपाली जनताले तालि मार्न  र लाइनमा खडा भएर मतदान गर्न साथै  रात्रि र  दिवास्वप्न देख्न पाए। 

भन्नेबेलामा  लोकतान्त्रिक गणतन्त्र भनेको सुन्दर व्यवस्था हो भन्ने अनि उहि सत्ता प्राप्तिका लागि कहिले एक कहिले दुइको सँसदिय गणितीय खेल खेल्ने सत्तामा पुगे गजधम्म पर्ने सत्ता बाहिर हुने वित्तिकै कुनै न कुनै वहानामा वानेश्वरको सँसद भवनमा  ससद अवरुद्द गर्ने भएपछि यसलाई अब नेपाली जनताले वानेश्वरको ससदिय नाटक घर नभनेर के भन्ने कहिले सुनकाण्डमा मुछिएका लाई अनुसन्धान गर्नुपर्छ भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने मात्रै हैन, यहा सम्म कि न्वारान देखिकै बल लगाएर  गर्नु पर्ने सबै अवरोध र  विरोध गर्ने कहिले देसै वर्वादै भो जस्तो गरि  पुरै कोलाहल मच्चाउने कहिले फेरि दुलोमा मुसो लुकेजस्तै देसमा केहिपनि नभए जस्तै गर्ने भएपछि अनि वानेश्वरको नाटक घर नभनेर के भन्ने। कहिले अघिल्लो दिन सम्म  एकले अर्को लाइ सत्तो सराप गरेका नेताहरु कहिल्यै नछुट्टिने हुन्कि जस्तो एउटै सिक्काका दुइ पाटा जस्तो देखिने ,सायद सानो बच्चाले पनि माटोको भात पकाइ खेल्दा  पनि यस्तो गर्दैनन् होला त्यस्तो नेताहरुले गरेको देख्दा नेपाली जनता समेत तिनछक् परेका मात्रै हैन बिदेसि शक्तिप्रभु हरु समेत नौछक् परेका होलान्। फेरि पछिल्लो समयत नेपालका राजनितिक पाटि र तिनका नेताहरुले गरेको राजनीति  यती बद्नाम र आलोचित हुन थाल्यो कि आलोचना सुन्ने आलोचित नेता भन्दा आलोचना गर्ने  नेपाली जनता थाक्न थाले।  दल र नेताहरुमा देखिएको राजनितिक चर्तिकला देख्दा  यहाँ एउटा सत्य घटना भन्नै पर्ने हुन्छ।एउटा शहरमा एक घरमा भाडामा  बस्न  एउटा परिवार आएछन् । त्यो परिवारमा दुइ छोराछोरी रहेछन् । घरभेटिका पनि दुइ छोराछोरी रहेछन् ।

दुवै परिवार लामो समय सम्म  राम्रै सम्वन्ध सहित बसेका रहेछन्। दुवै परिवारका छोराछोरी सगै खेल्ने रमाउने गर्दै दिन महिना बर्षौ वित्दै गए। तर एकदिन ति दुवै परिवारका छोराछोरिको एक आपसमा  खेल्दा  खेल्दै झगडा भएछ। तब त्यो झगडा  आमा हरु सम्म आइपुगेछ।अनि त आगै सल्किए जस्तो गरि  त्यो झगडा  बाउ हरु सम्म आइपुगेछ। अनि त झगडाले यति ठुलो रुप लिएछ कि घरभेटिले मेरो घरमा त बस्नु पर्दैन छाडेर गैहाल भनेछ । तब भाडामा बस्नेले पनि तेरो घरमा एक बस्दिन, दुइ बस्दिन, तिन बस्दिन भनेछन् र  भोलि पल्टै त्यो घर छाड्ने निधो गरेर अर्को ठाउमा जान  सर समान पोको पारेर ट्रक ल्याएर रिसले चुर हुदै ट्रकमा सर समान लोड गर्न थालेछन्।  तब घरभेटि पनि रिसले मुर मुरिदै माथि बाट हेरि बसेका रहेछन्। तब सर समान लोड गरिसके पछि जब हिड्ने बेलाभो ,तब ती दुबै परिवारका ती छोराछोरि बिदा हुने बेलामा जब अङ्गालो हालि हालि  घुक्क घुक्क  गर्दै छुट्टिनै  नपरे  हुन्थ्यो झै  गरि  रोइ रहेका थिए  तब ति  भाडामा बस्नेले  आ्फ्ना छोराछोरी छुडाएर के लान थालेका थिए तब  चारैजना बच्चा  डाको  छोडेर रुन थालेछन्  तब  माथिबाट हेरि रहेका  घरभेटिले त्यो दृस्य  देखेर  मनै थाम्न नसकेपछि  माथिबाट डाको छोडेर रुदै तल  आएर गाडिमा लोड भएको सर समान झारेर फेरि घरभित्रै लगेर फालेछन् र ती चारै  जना छोराछोरि लाइअङ्गालो हालेर  रुदै  तिमिहरु अब कहिल्य बिछोड हुनु पर्दैन  भन्दै ति  भाडामा बस्ने लाइ अङ्गालो हालेर  अब हामि कहिल्यै पनि झगडा गर्दैनौ   झगडा गर्नुपनि छैन  भन्दै  एकले अर्कोलाइ  अङ्गालो हाल्दै एकै स्वरमा  जसका लागि हामी यति ठुलो झगडा गर्यौ उनैको माया र त्यो  सम्वन्धले हाम्रा यी बन्द भएका भित्रि हृदयका आखा खोलिदिए भन्दै  ती छोलाई धन्य होउ भन्दै  जिवनमा सगै दुख सुख विताउने  कसम खाएछन्।  यस्तो अवस्था नेपालको राजनितिमा  नेपालका दल र नेताहरुमा यस्तो  चेतनायुक्त राजनितिमा कहिेले  आउला र वानेश्वरको सँसदिय नाटक घरमा यस्तो  सासदहरुको  सत्ताका लागि मात्रै गरिने सँसदिय  नाटक कहिले बन्द होला

प्रतिकृया दिनुहोस