Sunday, May 18News That Matters

सबै निकाय गम्भीर नहुनुको कारण दुर्घटना

यो समाचार शेयर गर्नुहोस्

विश्व विकासक्रमको युग परिवर्तन सगै हिजो ठेला गाडा बाट शुरुवात भएर आज स्थलमार्ग जलमार्ग अकासमार्ग सिलिङ मार्ग रेलमार्ग हुँदै आजसम्म आइपुग्दा हामिले जति सहज जिवन यापन गरेका छौ त्यतिनै  दुख कष्ट क्षति ब्यहोर्दै आएका छौ ।किन भने हामि सचेत र सजग हुन सकिरहेका छैनौ । सरकार  जसरि विभिन्न रोग नियन्त्रण  र उन्मुलन गर्न लागि परेको छ बिभिन्न सरोकार निकाय हरु लागि परेका छन्। ठिक त्यसै गरि सवारी दुर्घटना न्युनिकरणका लागि तथा दुर्घटना हुनै नदिन का लागि गरिने उपायको बारेमा भने सर्वपक्ष कमजोर देखिएको अवस्था छ। देसमा   अन्य  कारण बाट भन्दा सवारि दुर्घटना बाट निधन हुने हरुको सख्या दिनप्रतिदिन बढि रहेको अवस्था छ। समग्र देसै भरको सवारि दुर्घटनाको अवस्थालाइ हेर्दा दिनहु सरदर  दस जनाको निधन भएको अनुमान गर्न सकिन्छ।तर सवारि दुर्घटना बाट घाइते हुनेहरुको  सङख्या कति छ भन्ने कुराको  ता सरकार सगै कुनै अनुमानित आधार पनि छैन होला। यदि हुन्थ्यो भने पक्कै पनि सरकार गम्भिर बनेर सवारी दुर्घटना न्युनिकरण हैन उन्मुलन तर्फ लाग्ने थियो होला ।  हुन ता सबै निकाय जिमेवार बन्नु जरुरि छ त्यसमा पनि सरकार सम्वन्धित नियमनकारि तथा सरोकार निकाय जिम्मेवार बन्नु पर्ने हुन्छ।

त्यसैले भन्नै पर्ने हुन्छ।सरकार सम्वन्धित सरोकार तथा नियमनकारि निकाय  गम्भीर नहुनु पनि दुर्घटना न्युनिकरण नहुनु मुल कारण हो कि भन्ने कुरा  सडकको अवस्था र  दुर्घटना बाट क्षति  भएको अनुमानित परिणाम र तथ्याङ्कमा  देखिन्छ।

नेपालमा यातायात सडक विस्तार सग सगै सवारिको सख्यामा जति वृद्दि भएको छ    त्यतिनै सवारि दुर्घटना बाट  धनजनको क्षति भएको छ। यसको मुल कारण भनेको सडक विस्तार तथा निर्माणमा भ्रष्ट्चार र सरकारि उदासिनता नै हो।यहाँ झट्ट हेर्दा  दुुर्घटना भयो कि त सवारी चालक नै दोषि देखिन्छन्। तर यहा भन्नु पर्दा चालकमात्रै दोषि हैन सरकार पनि दोषि देखिन्छ। सरकार मात्रै हैन सम्वन्धित सबै निकाय समेत दोषि देखिने अवस्था छ।  सरकारि निकाय सडक विस्तार गर्ने निकाय सडक सुरक्षा निकाय यातायात व्यवशायि सवारी चालक यात्रु पैदल यात्रु  हामिसबै दोषि छौ। 

 तर सडक विस्तार तथा निर्माण गर्ने निकाय बाट  यहाका सडक जसरि विस्तार गरिन्छ सडक कुन मापदण्ड हुनु पर्ने ,कति फराकिलो हुनु पर्ने घुम्तिमोड कस्तो हुनु पर्ने सडकको चौडाइ भन्दा घुमती मोड उकालो ओराललोमा सडक कती फराकिलो हुनु पर्ने, सडक भिर पाखोमा  कस्तो सेफ्टि पर्खाल याने सेफ्टि लिक बनाउनु पर्ने  सडक छेउमा कस्ता बोट विरुवा लगाउनु पर्ने कालोपत्रे कति बाक्लो हुनु पर्ने स्पिड ब्रेकर  जेब्राक्रस सडकवत्ति सडकमा ट्राफिक  सङ्केत वोर्ड, स्ट्रिट यु ट्रन मिरर, लगायत सिमित गती कति हुनु पर्ने सडक निर्माण गर्दा कति समयभित्र सम्पन्न गरि सक्नु पर्ने   भन्नेबारे र यी माथि उल्लेखित बिषयहरुले पुर्णता नपाउनु यी बिषय सग सम्वन्धित निकाय जिम्मेवार नबन्नु ले गर्दा पनि सवारि दुर्घटना बढेको अवस्था छ। जसले गर्दा  भौतिक पुर्वाधार निर्माण  तथा यातायात मन्त्रालय विभाग र मातहतका सबै निकाय दोषि देख्नु पर्ने अवस्था आएको छ।

त्यसै गरि सडक तथा यातायात सुरक्षा निकाय याने ट्राफिक प्रहरि पनि त्यत्तिकै दोषि देखिएको अवस्था छ। आम नागरिकको गुनासोलाई हेर्दा  भने ट्राफिक प्रहरी चिट काट्न र जरिवाना असुल गर्नमा केन्द्रित भएको देखिन्छ। यसको मुख्य आधार भनेकै जरिवाना बाट उठेको करोडौ हैन पछिल्लो समयमा देखिएको अरवौको परिणाम पनि हो। यसो भनि रहदा चिट काटन जरिवाना लगाउनु हुदैन भन्न खोजिएको हैन तर  दुर्घटना सवारी नियम उल्घनको अवस्था र जरिवाना बाट उठेको राजस्व अङ्कलाइ हेर्दा भने ट्राफिक नियम उलङ्घनमा बढोत्तरि भएकै कारण कारवाहि गरिएै कारणले  जरिवाना बढेको देखिन्छ भने दुर्घटना लाई आधार मान्ने हो भने  सडक सुरक्षा निकाय पनि कमजोर देखिन्छ। कारण धेरै राजस्व उठ्नु सवारि दुर्घटना बाट धनजनको बढि क्षति हुनु भनेको पनि सडक सुरक्षा निकाय  असफल हुनु हो।  राजस्व जरिवाना बढि  उठ्नु र उठाउनु लाई ट्राफिक प्रहरिको सफलता मान्न भने सकिदैन। ट्राफिक सचेतना कार्यक्रम पटकपटक भएका लाखौ हजारौ नागरिक लाई ट्राफिक सचेतना गराइएका जतिनै सफलताका  कुरा आएपनि सवारी दुर्घटनाको अवस्था र उठेको जरिवाना राजस्व लाई देख्दा भने उही नमच्चिने पिङका सय झड्का  भनेजस्तो अवस्था देखिन्छ। यसो भनि रहदा ट्राफिक सुरक्षा तथा व्यवस्थापन  पुरै कमजोर भएको  भन्न खोजिएको भने हैन। यस्तो अवस्था आउनुमा गृृह मन्त्रालय गृहप्रशासन कानुन बनाउने निति बनाउनेहरु नै पुर्णत जिम्मेवार बनेर नीति तथा कानुन बनाउन र सडक सुरक्षा नीति बलियो बनाउदै सडक सुरक्षा निकाय लाई नै स्ट्रिट सेफ्टिका लागि स्ट्रिट फर्निचरको व्यवस्थापन गर्ने पुर्ण अधिकार सहित सुरक्षा निकायलाइ पुर्णत अधिकार सम्पन्न सडक सुरक्षा निकाय नबनाउनु हो।  सडक सुरक्षा निकायलाइ   जबसम्म  पुर्णत सडक सुरक्षा व्यवस्थापन तथा अधिकार सहित दक्ष  ट्राफिक जनशक्तिमा वृद्दि गरिदैन  तब सम्म  न त  सडकसुरक्षा को अनुभुति आम नागरिकले गर्न पाउनेछन् । न त   सडक सुरक्षा निकायले नै जस पाउने छ। न त सरकारले नै जस पाउनेछ। न त असल चालकको  मुल्याङ्कन नै हुनेछ पैदल यात्रुले जहापायो त्यहि बाट बाटो काट्ने ट्राफिक नियम पालना नगरे पनि हुने, कतै सवारि चालकले पनि लापरवाहि गरि सवारि दुर्घटना गराएमा पनि उन्मुक्ति पाउने कतै सवारि चालकको कुनै पनि गलती नहुदा पनि दोषि हुनु पर्ने अवस्था रहि रहन्छ तब सम्म हामिले दुर्घटना  अन्त्य हैन न्युनिकरण  गर्न  पनि सक्दैनौ।। त्यसैले दिनहु जसो भई रहने  सवारी दुर्घटना बढ्नुको कारण पत्ता लगाएर  त्यस्ता कारण लाइ अन्त्य गरौ  दुर्घटना आफै कम हुदै जानेछ । त्यसका लागि सडक खानेपानि, बिध्युत, टेलिकम, विशेष गरेर स्थानिय सरकार र ट्राफिक प्रहरी साथै सडक यातायात सग सम्वन्धित सचेत  नागरिक  सहितको सुरक्षावोर्ड  बनाएर सडक सुरक्षा निगरानि निकाय वा सयन्त्र बनाउनु जरुरि देखिन्छ।

प्रतिकृया दिनुहोस