Sunday, May 18News That Matters

पुर्वतयारि विनाको विध्युतिय सवारि, हतारको ट्राफिक सप्ताह

यो समाचार शेयर गर्नुहोस्

यतिबेला विश्वमै विध्युतिय सवारि उत्पादन गर्ने  किन्ने  बेच्ने  गुडाउने विश्व जगतमै एउटा लहर नै चलेको छ। त्यो लहर बाट हामि पनि अछुतो रहन सकेका छैनौ  हामि पनि विध्युतिय सवारि गुडाउने कुरामा रहर भनौ वा वाध्यता  भनौ  लागि परेका छौ । पुर्वतयारि विनाको विध्युतिय सवारि गुडाउने दौडमा छौ। हाम्रो जस्तो देसमा जहा अझैपनि मुख्य मुख्य चोकमा एउटा जेब्राक्रस बनाउन सकिरहेका छैनौ । ठाउँ ठाउमा चार्जिङ स्टेसनका कुरा छाडौ ,ट्राफिक लाइट वाल्न तक सकेका छैनौ सडक बने पुल बन्दैन ,पुल बने सडक बन्दैन  जिम्मेवार निकायले समेत किन तक भन्दैन तैपनि विश्व परिवर्तन सगै हामि पनि परिवर्तन सगै हाम्रो देसमा पनि परिवर्तनको प्रभाव पर्यो।। हामी पनि परिवर्तन को चाहना राख्न थाल्यौ तर हाम्रो परिवर्तन हामिले गर्न थालेको परिवर्तन विकास भन्दा विनास तर्फ लम्किन थाल्यो ।किन भने कुनै पनि देसको परिवर्तनका लागि पहिलो परिवर्तनको खुड्किलो भनेकै यातायात क्षेत्र र सडक विस्तार गर्नु हो त्यसका लागि सडक विस्तार गर्नु विकास पनि हो तर हामी कहाँ मनपरि महङ्गा सवारि भित्र्याउनु र मनपरि ढङ्गले मापदण्ड विपरितका सडक बिस्तार गर्दै जानू नै सर्वोपरि विकास हो भनेजस्तै गर्न थालियो। यसकालागि यतिबेला विध्युतिय सवारि भित्र्याउने जुन लफ्फावाजि  देखिएको छ यहि नै काफि छ।जता जाउ सडक बनाउ जति सक्छौ सवारि भित्र्याउ भन्ने अभियान जस्तै भइ सकेको छ । तर विध्युतिय सवारि गुडाउन कस्तो सडक चाहिन्छ भन्ने तिर कसैको ध्यान पुग्न भने सकिरहेको छैन। कारण नेपालका सडक जुन ढङ्गले जती समय भित्र बनाउनु पर्ने हो  त्यति समय भित्र बन्न सकि रहेका छैनन्। त्यसैले त देसैभर जताततै  हरेक दिन सडक दुर्घटना भइरहेका छन् ।यसका मुल कारण हामी नै हो होउ।

 दुर्घटना बड्दै जानू  एकातिर सडक सरचना र अर्को तिर सडक सुरक्षा व्यवस्थापन  तथा सडक निर्माणमा मा लापरवाहि हुँदै जानू अर्कोतिर हामी स्वय सवारि चालक  सडक प्रयोगकर्ता हरुले लापरबाही का साथ सडक प्रयोग गर्नु यि र यस्तै कारण हरुले गर्दा नेपालमा हरेक दिन सडक दुर्घटना भइ रहेछन् यसका ज्वलन्त उदाहरण हरु हामिले हरेक दिन सडकमा देखि रहेका छौ भोगि रहेका छौ एक घर एक सवारि भन्दा पनि एक घर एक सडक दुर्घनाबाट घाइते भन्नु पर्ने अवस्था आउनु मा  स्वय हामी हरुनै जिम्मेवार छौ भन्दा फरक नपर्ला।

   त्यसैले भन्नै पर्ने हुन्छ। अब हामी सचेत र गम्भीर  भएर अगाडि बढ्नै पर्ने हुन्छ। र हामिले योकुरा लाई आत्मसात गर्दै स्विकार गरि यसरी सडक दुर्घटना हुनुको प्रमुख कारण  सडकको अवस्था मात्रै हैन हामि पनि होउ भन्ने कुरालाइ हृदयङ्गमन गर्दै हामिले यो कुरालाइ स्विकार्दै  सडक यातायात सग सम्वन्धित सबै निकायहरु लाई झक्झक्याउदै अधुरा   अलपत्र निर्माण  कार्यलाई सम्पन्न गर्न लगाउनु पर्छ।सग सगै बन्न लागेका सडक सरचनाहरु पनि मापदण्ड विपरित बनाउन दिनु हुदैन  सडक मिचेर कतै मापदण्ड विपरित सरचना बनाउन दिनु हुद‌ैन  जसले गर्दा सम्भावित दुर्घटना हुन बाट हामी जोगिन सक्छौ । 

 यतिबेला सडक दुर्घटना हुनुको मुल कारण सडकको अवस्था सडक निर्माण तथा विकासका कार्यहरु अलपत्र छाड्नु ट्राफिक व्यवस्थापन सहि नहुनु ,ट्राफिक जनशक्तिमा अभाव देखिनु ट्राफिक प्रहरि ट्राफिक नियम पालना  गराउन लगाउने तर्फ भन्दा जरिवाना राजस्व उठाउने हो भनेझै गरि सेतो पञ्जा लगाउने हातमा पहेलो चिट लिएर चिट काट्नमै केन्द्रित हुदै जानू ।सम्वन्धित निकायहरु जिम्मेवार नबन्नु हामी स्वय लापरबाही गर्दै सवारि हाक्नु पैदल यात्रा गर्नु  भत्किएका सरचना बनाउन  का लागि सम्वन्धित निकायलाई खवर तक नगर्नु ,घरै अगाडि परेका खाल्टाखुल्टि पनि सामान्य पुर्न नखोज्नु हामी आम नागरिक स्वय जिम्मेवार नहुनुले  गर्दा दुघर्टना भइ रहेका छन् यसका लागि हामी स्वय जिम्मेवार र सचेत नागरिक बन्नु जरुरि छ । त्यसैले पहिला त सरकारि निकायले  विकास निर्माण गर्दा होस् वा सडक विस्तार गर्दा सडक निर्माण गर्दा होस् लापरबाही नगर्ने समयमै निर्माण सम्पन्न गर्ने आम नागरिक सचेत र जिम्मेवार बन्ने हो भने केहि हद तक सवारि दुर्घटना लाई न्युनिकरण गर्न सकिन्छ। सक्षम सबल  ट्राफिक जनशक्ति तयार पारि परिचालन गर्ने कुनैपनि माध्यम बाट  सडक सग सम्वन्धित निकाय महानगर डिभिजन सडक कार्यालय विध्युत खानेपानी दुरसँचार कार्यालय जिम्मेवार बन्ने हो भने, अनुभवहिनलाइ लाइसेन्स दिने प्रथा अन्त्य गर्ने   ट्राफिक नियम उलङ्घन गर्ने लाइ कानुसम्मत कारवाहि गर्ने हरेक नागरिक जिम्मेवार  असल अनुशासित  बन्ने हो भने दुर्घटना न्युनिकरण गर्नका लागि  लाखौ करोडौ खर्चिदै जानू पर्दैन दुर्घटना आफै न्युनिकरण हुदै जानेछ। तर हामिकहा ट्राफिक प्रहरिले आफ्नो चेक जाँच काम कारवाहिलाइ अगाडि बढाउदै जादा कतै कारवाहिका नाममा राजस्व उठाउनमै केन्द्रित भएको ता छैन भन्ने पनि देखिन्छ ।आम नागरिकको गुनासो पनि यहि रहेको छ ।ट्राफिक प्रहरी चेकिङ गर्ने नाममा र वहानामा हातमै रसिद प्याड बोकेर सडकमै उभिन्छन्। के ट्राफिक प्रहरिको काम ट्राफिक नियम पालना गराउने नाममा राजस्व उठाउनु मात्रै  हो आम नागरिकले कहिलेकाही प्रस्न गरि रहेका हुन्छन्। एउटा सर्वसाधारण चालकले समयमा सवारि कर नबुझाउदा जरिवाना तिर्नु पर्छ तर सरकारले एउटा लाइसेन्स समयमा नदिदा बन्न लागेको सडक समयमै नबनेर दुर्घटना भएर मानिसको ज्यानै जादा पनि सरकार जिम्मेवार नबन्नु चासो नलिनु यो भन्दा सरकार गैर जिम्मेवार बनेको उदाहरण अरु के हुन सक्छ। जब सम्म ट्राफिक प्रहरी कार्यालयमा कारवाहि बाट राजस्व बढि उठ्दै जान्छ तब सम्म ट्राफिक व्यवस्थापन मा सुधार भएको आम नागरिक सचेत भएको मान्न सकिदैन। जब ट्राफिक प्रहरि कार्यालयमा राजस्व घट्दै जान थाल्छ सवारी नियम उलङ्घन नभएको मान्न सकिन्छ ट्राफिक व्यवस्थापन मा सुधार भएको मान्न सकिन्छ । यस‍ो भनिरहदा जरिवाना राजस्व कम हुनु ट्राफिक व्यवस्थापन सुधार हुनु जरिवाना राजस्व बढि हुनु ट्राफिक व्यवस्थापन मा सुधार नहुनु हो भन्न खोजिएक‍ो भने पक्कै  हैन ।  जब आम सवारि चालक आम  नागरिक सचेत  सभ्य अनुशासित जिम्मेवार बनेर ट्राफिक नियम पालना गर्न थाल्छन् । तब ट्राफिक प्रहरिले त्यत्तिकै  समातेर चिट काट्ने आट पनि त गर्दैन।  तर आवस्यक सडक सरचना भने हुनु जरुरि छ यसकालागि सम्वन्धित सरोकार निकाय भने जिम्मेवार बन्नु जरुरि छ। ट्राफिक प्रहरिको प्रयासले मात्रै दुर्घटना न्युनिकरण  तथा  ट्राफिक व्यवस्थापन हुन सक्दैन यसका लागि आम नागरिक सचेत तथा अनुशासित चालक बन्नु जरुरी छ। त्यसैले भन्नै पर्ने हुन्छ जब सम्म सडक सग सम्वन्धित सबैनिकाय ट्राफिक प्रहरी आम नागरिक आ आफ्नो ठाउबाट जिम्मेवार बन्दैनन् दुर्घटना भइनै रहन्छ सरकारि राजस्व बढिनै रहन्छ ट्राफिक प्रहरी सडक प्रयोग कर्ताको नजरमा शत्रु जस्तो भइनै रहन्छ। 

   यति बेला  भने गण्डकी प्रदेसमा गरिएको   प्रदेस स्तरिय ट्राफिक सप्ताह २०८१ अलि हतारमा गरिएको हो कि जस्तो देखिएको छ। उहीँ बिरालो बाधेर श्राद्द भनेजस्तै छ।। यहाँ फेरि पनि भन्नै पर्ने हुन्छ। सडक सरचनाको अवस्था भने त्यति उत्साहजनक छैन । कारण ट्राफिक सप्ताह  कार्यक्रम पुर्व गरिने गर्नुपर्ने पुर्व तयारि ट्राफिक प्रहरी बाट  बाहिरि रुपमा जति देखिए पनि सडक सरचनागत अवस्था देख्दा र   भित्री  रुपले व्यवस्थापन को गहिराइमा हेर्दा भने आयोजकले समेत जिम्मेवारी पुर्वक तयारी गरेको भने देखिएको छैन । कारण ट्राफिक सप्ताह भनेको आफैमा जनचेतना जगाउनु सचेत गराउनु हो यसका लागि सडक सरचना हुनु आवस्यक छ। तर यहाँ पोखराका मुख्य मुख्य चोक सडकमा न त जेब्रा क्रस छ न त सडक मार्क छ । यहासम्म कि कतिपय चोक सडकमा त जेब्राक्रस खोज्न टर्च लाइटै बाल्नु पर्ने अवस्था छ। न त सडक सङ्केत बोर्ड छन् न त पार्किङ व्यवस्थापन नै छ।  न त सडक रेलिङ नै छ नत पुर्णतः फुटपाथ नै छ। न त निश्चित बस प्रतिक्षालय नै छ।न त   ट्राफिक जनशक्ति नै छ। अझैपनि कतिपय अति आवस्यकिय चोक सडकमा ट्राफिक प्रहरि देख्न पाइएको छैन। चेकजाच पनि कहिले मौसमि त कहिले गौडो कुरुवा चेकजाच गर्ने कहिले मुख्य चोकमै ट्राफिक नियम उलङ्घन भइ रहदा पनि नदेख्ने  ट्राफिक प्रहरिको जुन अवस्था छ।। त्यसले गर्दा आम नागरिक बाट ट्राफिक प्रहरि आलोचनामुक्त हुन भने सकि रहेको छैन । यता ट्राफिक व्यवस्थापन कति भयो कति हुन सकेको छैन त्यसतर्फ ध्यान नदिने तर गुणात्मक भनेदा पनि गणनात्मक हिसाले अगाडि बढि रहेको ट्राफिक प्रहरिले अहिले गरेको यो ट्राफिक सप्ताह पनि उहि हात्तिका देखाउने दात भनेजस्तै   बास ट्राफिक सप्ताहका नाममा र्यालि निकाल्यो  चालक लाई माला लगाइदियो । बडो तामझाम देखायो  पर्चा पम्पलेट बाड्यो कुनै बन्द कोठामा  ट्राफिक प्रशिक्षण दियो। पैसा र पौचकै भरका  अरुबेला नियम मिच्ने हरु बाटै   ट्राफिक नियम पालना गर्नु पर्ने फुलवुट्टे प्रवचन सुनाइदियो स्टन्डवाजि देखाउदै  ट्राफिक सप्ताह सकियो त्यसैले यो ट्राफिक सप्ताह २०८१ लाई पनि  परम्परागत ट्राफिक सप्ताह भन्दा फरक नपर्ने देखियो। तैपनि अब आम नागरिकले  ट्राफिक नियम ट्राफिक प्रहरिका लागि नभइ हामि आफ्नै लागि हाम्रै लागि हो भन्ने कुरा लाई आत्मसात गर्दै सवारि 

  चलाउदा वा पैदलयात्रा गर्दा ट्राफिक नियम पालना गरौ । आफुपनि सुरक्षित रहौ अरुलाइ पनि असुरक्षित हुन बाट जोगाउँ । नागरिक स्तर बाटै सचेतना फैलाउ सबैलाई जगाउ दुर्घटनाको शिकार हुन बाट सबैलाई जोगाउ ।

प्रतिकृया दिनुहोस