जेठ १५ गते आविष्कार अस्पताल, बुद्धचोक र प्राइम कमर्शियल बैंक बीच प्राइम कमर्शियल बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालमा दिईने सेवा सुविधाको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बिच अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. कृष्ण बोगटी र प्राइम कमर्शियल बैंक लेकसाइड शाखाका तर्फबाट शाखा प्रबन्धक दिनेश कुमार श्रेष्ठ उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।




उक्त हस्ताक्षर समारोमा अस्पतालका तर्फ़ बाट अस्पताल संचालक राम शर्मा बास्तोला र बोर्ड अफ़ डाइरेक्टर सुजु सौतम तथा बैंकको तर्फ़बाट बैंकका पब्लिक रिलेशन मनेजर भेष राज पराजुली उपस्थिती रहेको थियो। उक्त समझौता अनुसार अब प्राइम कमर्शियल बैंकमा खाता रहेका सबै ग्राहकहरुले अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुमा २० % र औषधिमा ५ प्रतिसत छुट पाउने भएका छन् । उक्त अस्पतालमा बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी बरिष्ठ नाक कान तथा घॅाटी रोग डा. संजय कोइराल र बिगतका हरिकोखर्क अस्पतालका बिवागीय प्रमुख छाला यौन तथा कुष्ठ रोग डा. रमेश शर्माले पूर्ण पारिवारिक वातावरणमा सेवा दीई रहनू भयेको छ ।
हाडजोर्नी नशा तथा बाथ रोग डा. अविनाश केसी, डा. अनिल प्रसाद पोखरेल, डा. दिवस कटुवालले हाडज़ोर्नी तथा मेरुदण्ड ( spine ) को सफल सर्जरी गरी रहनू भयेको अस्पतालका संचालक राम शर्मा बासतोलाले जानकारी दिनूभयों । बिगतमा ६ वर्ष ग्राण्डी इंटरनेशनल काठमाण्डूका अनुभवी फिजिशियन डा. किशोर भण्डारी र डा. अनीश भुसालले बिसेश गरी सुगर, प्रेशर लागहेत पेट छाति तथा मूटू रोग को उपचार गरी राखनू भयेको छ ।
यस लगायतका डा. यज्ञराज सिग्देलले बाल रोग, डा. बिश्वोदीप तिमिलसिना र डा. सुशील मिश्रले जनरल तथा लेबप्रोस्कोपिक सर्जरी, तथा स्त्री रोग डाक्टर हरूले पारिवारिक वातावरणमा विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको जानकारी डा. बोगटीले दिनुभयो । अस्पतालले दर्जन बड़ी संगसस्था सग यस्तै सहकारे गरी सकेको छ । अस्पतालले पूर्ण सेवा मूलक तरीकाले बिरामीको उपचार गरि रहेको छ । अस्पताल सम्बन्धी केही जानकारी चाहियामा ०६१ ५८६४६९ मा सम्पर्क गर्न सक्नू हूनेछ भन्नी जानकारी अस्पतालका बोर्ड अफ़ डायरेक्टर सुजु गौतमले दिनुभयो ।





















