Friday, March 28News That Matters

पोखरा लेडी जेसीजको आयोजनामा  ‘जेसीज सप्ताह’ कार्यक्रम

यो समाचार शेयर गर्नुहोस्

यहि जेठ १७ गते बिहिवार देखि शुभारम्भ गर्ने गरि  पोखरा लेडी जेसिजले सप्ताहव्यापी ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुभारम्भ गरिने कार्यक्रम बारे लेडि जेसिस  सप्ताहका लागि जेसिस सप्ताह बारे  पोखरामा पत्रकार सम्मेलन मार्फत विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने मुल नाराका साथ सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रममा  अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल सँयोजक सुनिता गौतम भण्डारीले  पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

आगामी जेठ २३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापि कार्यक्रम  पहिलो दिन उद्घाटन समारोह एवं विद्यार्थी, अभिभावक अभिमुखिकरण तथा सचेतना कार्यक्रम गरिने जनाइएको छ । विद्यार्थी, अभिभावक र महिला समूहलाई लक्षित गर्दै पोखरा उद्योग वाणिज्य संघमा सञ्चालन हुने अभिमूखीकरण कार्यक्रम  दिव्यलक्ष्मी चालिसे र सरु पनेरुको सँयोजकत्वमा  हुनेछ।

अभियान अन्तर्गत दोश्रो दिन नेलम्बो नेपालसँगको सहकार्यमा पोखराको नयाँ बजारस्थित नव प्रभात माध्यमिक विद्यालयमा सञ्चालन हुने बृहत निःशूल्क २ दिने दन्त शिविर  सँयोजक रेजिना कटुवालको सँयोजकत्वमा जेठ १७ र १८ गते सञ्चालन हुने उक्त शिविर विद्यालयका विद्यार्थी र कर्मचारीलाई लक्षित गरेर सञ्चालन हुने छ ।

तेश्रो दिन जेठ १९ गते शनिवार  समाजिक मान्यता, साइबर अपराध र कानूनी प्रावधानका विषयमा कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रम सँयोजक  करुण पाण्डेको सँयोजकत्वमा पोखरा–१४ को वडा कार्यालयमा सञ्चालन गरिने छ ।

चौंथो दिन  सँयोजक इन्दिरा तिमिल्सिनाको सँयोजकत्वमा व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धि ‘इन्ट्रोड्यूस माईसेल्फ’ तालिम जेठ २० गते आइतबार  संघसंस्था एवं महिला समूहका अध्यक्ष र सचिवहरुलाई लक्षित गर्दै पोखरा – ३० ढुंगेपाटनमा सञ्चालन गरिने  भएको छ।

सप्ताहको पाँचौं दिन उद्यमी महिला लक्षित दुई दिने उद्यमशिलता सौन्र्दय तालिम सँयोजक  रचना अधिकारीको सँयोजकत्वमा  जेठ २१ गते शोमवारका दिन  गुरुङ व्यूटी पार्लर सहित पोखराका विभिन्न ४ वटा पार्लरमा तालिम सञ्चालन गरिने छ। 

छैटौं दिन  खेलाडी हरुलाइ लक्षित  गरि सँयोजक सगुन  पौडेलको सँयोजकत्वमा जेठ २२ गते मङ्लवार  जेठ २२ गते खेलाडीहरुलाई लक्षित गरि  डाइट प्लान तालिम हुनेछ छ। 

कार्यक्रमको अन्तिम दिन सातौं दिन जेठ २३ गते बुधबार वातावरण संरक्षणलाई ध्यानमा राख्दै   सँयोजक सृजना आले इसा को सँयोजकत्वमा पोखरा–३ स्थित शान्ति मिजार समाजको परिसरमा  वृक्षरोपण तथा डस्विन वितरण गरिने  कार्यक्रम रहेको छ। 

साता भरि गरिने  आयोजित जेसिस सप्ताह कार्यक्रममा शुभारम्भ देखि समापन गर्दा सम्म  झण्डै १३ लाख खर्च लाग्ने संस्थाका अध्यक्ष गायत्री फुँयालले जानकारी दिनु भयो। 

अध्यक्ष फुयालले  सँयोजक सकुन पौडेलको सँयोजकत्वमा लेडि जेसिस सप्ताह सोही दिन साँझ पोखरामा एक कार्यक्रमका विच पोखरा लेडी जेसिज सप्ताह समापन गरिने तयारी भइरहेको  जानकारी गराउनु भयो ।

संस्थाकी अध्यक्ष गायत्री फुँयालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेलम्वो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारी, संस्थाका पूर्व अध्यक्ष सृजना कर्मचार्य, निवर्तमान अध्यक्ष लक्ष्मी कुँवर (लता), मूल संयोजक सुनिता गौतम भण्डारी, महासचिव नन्दकुमारी ढुंगना लगायतले लेडि जेसिस सप्ताह बारे बोल्नु भएको  थियो ।

प्रतिकृया दिनुहोस