Sunday, March 23News That Matters

सबै कुरा भएर पनि छैन ।

यो समाचार शेयर गर्नुहोस्

पुरै ब्रमाण्ड सँसार छ अकास पाताल धरति छ देस छ हामि छौ ।नेता छन् पाटि छन् सरकार छ। व्यवस्था छ संविधान छ । न्याय पालिका कार्यपालिका व्यवस्थापिका छ।  राष्ट्रपति प्रधानमन्त्रि मन्त्री छन्  न्यायमुर्ति छन् । व्यवस्था विधि विधान निती पद्दति छ। सेना प्रहरि छन् । न्याय धर्म सस्कृति प्रकृति  सम्पदा छ ,रक्षक छन्। कानुन छ मानवधिकार छ नागरिक समाज छ,राज्य छ। के छैन  हाम्रो देसमा प्रकृतिले यति दिएको छ कि हिमाल पहाड तराइ मधेस खोला नाला हरियालि जङ्गल ताल तलैया  स्वच्छ हवा पानि झरना खानि  दिएको छ, भने हाम्रा पुर्वजहरुले धर्म, सस्कृती, सस्कार परम्परा  सभ्यता ,मठ मन्दिर सुन्दरता सबै कुरा दिएर गएका छन्।तर देसमा देखिएको अवस्था दलिए स्वार्थमा जेलिएको व्यवस्था  नेताहरुको नियत  देख्दा र  देसमा नेपालि जनताले भोग्नु परेको  दुख पिडा सास्ति देख्दा र ठ्याक्कै भन्नु पर्दा सबै कुरा भएर पनि छैन भन्नू पर्ने अवस्था छ।

किन भने हामी नेपाली लाई विश्व जगतले नेपाल जस्तो सुन्दर देसमा जन्मिएकै कारण भाग्यमानी भन्दै आएका छन्। किन भने उनिहरुको नजरमा नेपाल धेरै कुराको धनी देस हो। धर्म सस्कृति परम्परा, सस्कार सभ्यता ,सुन्दरता ,प्रकृति सम्पदा मात्रै हैन  हामि सग के छैन सबैकुरा छ र पनि  हामी कति धनी छौ स्वय हामीलाई थाहै छैन।जुन कुरा  हामिलाइ थाहै छैन। त्यहि कुरा विश्वजगत लाइ थाहा हुँदै जान थाल्यो।त्यहि भएर ता विश्वकै नजर आज हाम्रो  देसमा परि रहेको छ। विश्वले नै हामिलाइ हाम्रो देसलाइ माया गरि रहेको छ। विश्वकै शक्तिशालि अमेरिकाले हामि लाइ हाम्रो देसलाइ यतिसारो किन माया गरि रहेछ भन्ने कुराले जो कोहिले पनि सजिलै बुझ्न सक्ने अवस्था छ। फेरिपनि हामि भौतारिइ नै रहेका छौ । र भनि रहेका छौ कि यो देसमा बसेर केहि हुदैन भनेर बरु खाडिमा खल खलि पसिना चुहाएर काम गर्न बाध्य भएर गइ रहेका छौ । वेरोजगारिको पिडाले रोइ रहेका छौ। छटपटाइ रहेका छौ। उहीँ कस्तुरिले आफनै बासना लाइ चिनेन सुघेन र बुझ्न नसकेर त्यहि मिठो बासना कहाँ बाट आइ रहेछ भनेर भौतारिएर फनफनि घुमेझै गरि हामिले पनि आफ्नै देसलाइ चिन्न र बुझ्न नसकेर  त्यहि कस्तुरि जसरि भौतारिदै हामि पनि छटपटाउदै फनफनि घुमि रहेका छौ ।

हामिले आफ्नै जन्मभुमिलाइ चिन्न जान्न र बुझ्न सकि रहेका छैनौ ।जसले गर्दा हामि भएर पनि दुखि हुँदै दिनप्रतिदिन झन् निर्धन हुँदै गई रहेका छौ परनिर्भर बन्दैछौ ।अब हामि गम्भीर भएर सोच्ने बेला आएको छ। यस्तो हुनुमा र यस्तो अवस्था आउनुको मुल कारण के हो त अब बुझ्नु पर्ने गम्भीर मोडमा हामि उभिइ रहेका छौ।कसका कारणले यो अवस्था उत्पन्न भयो र  हामी साराका सारा नेपालीले दुख कष्ट पीडा भोग्न बाध्य छौ।हामिले बुझ्नु जरुरि छ। कहिले सम्म हामी आयातित कै भर पर्ने। हामीले हिजो हाम्रा पुर्खाले स्थापित गरेको पहिचान लाइ कसरि सरक्षण गर्ने भन्ने बारे चिन्तित हुने बेला आएको छ।

यसको मुल कारण भनेकै हाम्रा शासकहरु हुन र हामी तिनै शासककै भक्त बन्दै उनैका कुरालाई विश्वास गर्दै तालि पड्काउदै ठिक वेठिक छुट्याउनै नसक्ने अचेतन प्राणि जस्ता बन्दै अन्धभक्त मात्रै हैन राष्ट्रको हित अहित छुट्याउनै नसक्ने मतियार बन्दै गइ रहेका छौ।जसले गर्दा हामिले हाम्रो मात्रै हैन हाम्रा पुर्वज  अघिल्लो पुस्ताले कमाएको शान सौकत स्वाभिमान  लाइ गुमाउने मात्रै हैन हामि स्वय हाम्रो आफ्नै पुस्ताको सरक्षण गर्न सक्ने कुरा त परै जाओस् हाम्रा भावि पुस्ताका लागि पनि केही नराख्ने भएका छौ।यहासम्मकि हामी देख्दा यो युगकै सम्भ्रान्त उच्च मानवजाति जस्ता  देखिन्छौ तर हाम्रो प्रवृति भने वादरे प्रवृति भन्दा खासै फरक नपर्ने देखिएका छौ।  इतिहासमै यो देसका लागि सबैभन्दा घातक पुस्ता हामि बन्दै गएका छौ। यस्तो अवस्था हुनुमा भएर पनि नाङ्गै देखिनु मुल कारण अरु केही नभएर  हामि नै होउ भन्दा फरक नपर्ला कि ?

प्रतिकृया दिनुहोस