“पृथ्वीको लागि कला: रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा मिति २०८१-०२-८१ गते बुधबारका दिन विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम हुनुभएको छ ।




यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा हुनुभएको थियो । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख निर्णायकमा चित्रकार तथा महा अभियान्ता प्राज्ञ नगेन सिंह ठकुरी “राङ्खानी” रहनु भएको थियो। चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको थियो। सहभागी सबैको कलालाई बजारमा नगेन आर्ट्स मार्फत ल्याइने आयोजकले बताएको छ ।
गण्डकी प्रदेश, प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुँवर कार्यक्रमको प्रमुख आतिथ्यता रहेको कार्यक्रम विकास जङ्ग कुँवरको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रतियगिता पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो ।





















