Sunday, May 18News That Matters

एवान ग्रेटर नेपाल यातायात कम्पनी प्रलिको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

शनिबार /  ए वान ग्रेटर नेपाल यातयात कम्पनि प्रालिको  पदस्थापना तथा सपथग्रहण कार्यक्रम  प्रमुख अतिथि तथा कम्पनीका कानुनि सल्लाहकार तथा  अधिवक्ता नारायण शर्माको आतिथ्यतामा सम्पन्न भएको छ। 

असार १ गते शनिवार का दिन आयोजित सोही पदस्थापना तथा  सपथ ग्रहण कार्यक्रमका बिच जेष्ठ १९ गते एवान ग्रेटर यातायात कम्पनी  प्रालि  कार्यालयमा  भएको विशेष  साधारणसभा तथा प्रथम अधिवेसन बाट सर्वसम्मत निर्विरोध  निर्वाचित  अध्यक्ष अर्जुन पौडेल लगायत उपाध्यक्ष देविराम पाण्डे ,सचिव गोकर्ण केसि ,सहसचिव बल वहादुर शेर्पा ,कोषाध्यक्ष महोदत्त आचार्य,सह कोषाध्यक्ष नन्दबहादुर गुरुङ,सदस्य क्रमश: ऋषिराम खाण ठकुरि ,रुद्र वहादुर गुरुङ,ठाकुर प्रसाद सुवेदी,भरत परियार,श्याम भुजेल  कार्यसमित सदस्य हरुलाइ अधिवेशन  निर्वाचन अधिकृत तथा अधिवक्ता साथै  प्रालिका कानुनि सल्लाहकार  तथा प्रमुख अतिथि नारायण शर्माले शपथ ग्रहण गराउनु भएको थियो।

  शपथ ग्रहण सहित पदिय जिम्मेवारी बारे   जानकारि गराउदै नया कार्य समितिलाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु हुदै प्रमुख अतिथि शर्माले कानुन जान्दिन बुझ्दिन भन्न नपाइने हुदा सबैले सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख भए बमोजिम यातायात कानुन पालना गर्न र ट्राफिक नियम पालना गरि कानुन विपरित नगइ सवारी चलाउन आग्रह गर्दै  कम्पनिका आइपर्ने कानुनि बाधा अड्चन र समस्या  समाधानका लागि आफ्नो सदा साथ रहने वताउनु भयो। 

शपथ ग्रहण पश्चात प्रालिका नव निर्वाचित अध्यक्ष अर्जुन पौडेलले सार्वजनिक यातायात ब्यबशाय सेवामुखि स्वरोजगार व्यवशाय भएको हुदा व्यवशायप्रति इमानदार रहेर जिम्मेवारी का साथ कम्पनी लाई अगाडि बढाउदै लैजाने  प्रतिवद्दता जनाउदै कम्पनिमा आवद्द सदस्य  व्यवशायिका हक हितका लागि आफू रातदिन खट्न तयार रहेको जनाउदै आगामि दिनमा कोहि कुनै पनि सदस्यलाइ मेरो एवान ग्रेटर नेपाल यातायात कम्पनि छ म त्यसको सदस्य हु भनेर गर्वका साथ भन्न र अनुभुती गर्न पाउने अवस्था ल्याएरै छाड्ने वताए।  अध्यक्ष पौडेलले व्यवशायिका  हक हित र सरक्षणका लागि आफुहरुले भलाइ कोष खडा गर्दै  भै परि आउने सवारी दुर्घटना साथै सवारी  दुर्घटना विमा तथा अन्य सेवा सुविधामा समेत सहजिकरण गर्दै अगाडि बढ्ने प्रतिवद्दता जनाए।

आयोजित पदस्थापना तथा शपथ ग्रहण कार्यक्रममा अतिथि  आइजि आइ प्रोन्डेन्टल इन्स्योरेन्स लि. का अनिल केसि, प्रभु इन्स्योरेन्स लि . का हरि सुवेदि ,  शिबराज बस्ताकोटि)( शिवदाइ) रमेस विक ,लगायतले नवनिर्वाचित कार्यसमिति लाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो।।

सस्थापक अध्यक्ष देविराम पाण्डे  लगायत एवान ग्रेटर यातायत कम्पनि प्रालिका  आवद्द स्वराोजगार चालक तथा चालक सदस्य  हरुको समेत उपस्थिति रहेको थियो ।  नवनिर्वाचित अध्यक्ष अर्वुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोकर्ण केसिले सञ्चालन गर्नु भएको थियो भने  सस्थाका सस्थापक तथा उपाध्यक्ष देविराम पाण्डेले  स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस