Tuesday, February 10News That Matters

विकृति र वेथिति ,नीति रहित राजनीति

यो समाचार शेयर गर्नुहोस्

नेपालमा दसकौ देखि महान् महान् नेताहरुले जन्म लिए सगसगै  विभिन्न नाम लिएर दल हरुले जन्म लिए। नेपालमा नेपालको राजनितिले आजका दिन सम्म आइपुग्दा दर्जनौ पटक दर्जनौ मोड लिदै आयो ।यहाँ सम्म कि जब कुनै  नया पाटिले दलले  जन्मलिन्छ तब पाटि भित्रै कुनै न कुनै वहानामा वा नाममा कहिले लाइन सङ्घर्षका नाममा कहिले गुट उपगुटका नाममा कहिले विचार सिद्धान्तका नाममा त कहिले  पद सत्ता स्वार्थका नाममा  देख्दा र भन्दा पाटि एक देखिए पनि नेताहरुले हाम्रो पाटि एक ढिक्का भनि रहेपनि भित्रभित्रै भने दलहरुको वालुवाको थुप्रो तासको घर भनेजस्तो अवस्था देखिएकोछ।  चाहे इतिहास बोकेको नेपाली काङ्ग्रेस होस् चाहे युग परिवर्तनकामि भनिएको कम्युनिस्ट यात्रा बाट आएर चौराहामा अलमलिएको जस्तो  एमाले  होस्। चाहे दसौ बर्ष जनयुद्धको राप बाट आएको हजारौंको वलिदानि बाट उदाएर पनि बाटो विराएर अलमलमा परेको यात्रु जस्तो   माओवादि होस् । 

चाहे राजतन्त्र अन्त्य सगै राजतन्त्रका नाममा धिप धिपि बल्दै आएको राप्रपा नै किन नहोस्। चाहे मधेस तराइको हक अधिकार र पहिचानका लागि भन्दै जनसङ्घर्ष बाट बलेको  आगो बाट प्रकट भएका तराइ मधेस का पाटि किन नहुन् ।चाहे युद्दको भुमरिबाट  आएका डाक्टर साहेवको जनशक्ती पाटि  जसले पछिल्लो समयमा आएर बिभिन्न नामलिएर  आ आफ्नो  अस्तित्व जोगाउन नेताहरु लागि परेका पाटि हरु नै किन नहुन्   चाहे लोकतन्त्र धरापमा भन्दै फुटेर  एकिकृत समाजवादिका नाम बाट गर्वधारण गरेर उत्पति भएको पाटि नै किन नहोस्। चाहे बिभिन्न जात जाति वर्ग क्षेत्रका नाममा जन्मिएका पाटि नै  किन नहुन् चाहे भ्रष्टाचार अन्त्य गर्ने दुषित राजनिति लाइ सफा गर्ने विकृति र वेथितिको राजनिती  लाइ समाप्त पार्ने उद्घोष सहित स्वतन्त्रका नाममा    अगाडि निस्किएको राष्ट्रिय स्वतन्त्र  अभियान   हुदै राष्ट्रिय स्वतन्त्र पाटिका नाम बाट  उदाएको पाटि नै किन नहोस्। सबै पाटि भित्र  विकृति र वेथिति मात्रै  हैन निति रहित राजनिति मौलाउदै आइ रहेको छ। चाहे दसकौ राजनीतिक इतिहास  बोकेर आएका पाटि हुन् चाहे अहिले पनि पुर्णत आकार पनि लिन नभ्याएका पाटि नै किन नहुन् सबै पाटिमा  भित्र भित्रै  विकृति र वेथिति यति झाङ्गिएर आयो कि विकृति वेथिति सहित नीति रहित राजनीति पाटि बन्न पुगे । जसले गर्दा  दलहरु बोलाउने नाम मात्रैका हुन् कि चिनामा राखिएको नामका हुन् भने जस्ता देखिदै जान थाले । 

त्यसैले भन्नै पर्ने हुन्छ राजनीति भनेको यस्तो पवित्र शब्द हो जुन शब्दलाई आज आएर बिभिन्न पाटिहरु र तिनका नेताहरुले राजनिती भनेको के हो बुझ्दै नबुजे झै गरि राजनीति भनेको मात्रै जनतालाई भर्याङ बनाउदै सत्तामा जाने अकुत सम्पति कमाउने जब जब चुनाव आउछ त्यहि सम्पति जुवामा जितेको जितौरेले बाडे झै गरि लोभि लालचि कार्यकर्ता मार्फत जनतालाइ बाड्ने दुखि गरिविको रेखामुनि भएका जनताको मजवुरिको फाइदा लिने अघिपछि साइरनवाला गाडि हरुको ताति लगाउदै हुइकिने अघिपछि कार्यकर्ता हरुको सुरक्षा घेरा भित्र भित्रै बाट सुइकिने पुस्तौका लागि सम्पति थुपार्ने मात्रै हो झै गरि रहेछन् देखिएको पनि त्यस्तै छ।। जसले गर्दा देस यती बर्वाद हुदै जान थाल्यो कि राम्रो दक्ष युवा जनशक्ति देस बाट बाहिरिदै जान थाल्यो। यहासम्म कि रातदिन  मजदुरि गरेर खाने युवा जनशक्ति समेत खाडिमा  जान का लागि दिनहु ओइरो लाग्न थाल्यो।

जसले गर्दा देस पुरै परनिर्भर भएर चल्ने अवस्थामा पुग्न थाल्यो।  किन भने कुनैपनि  राजनिती पाटि भनेको विधि विधान अनुशासन दर्शन साथै पाटिको मुल नितिको आधारमा चल्नु पर्छ  तब राजनिति शब्दको महत्व हुन्छ पाटिको अस्तित्व रहन्छ  गरिमा बढ्छ जनतामा पाटि र नेताहरु  प्रति विश्वास बढ्न थाल्छ तब राजनिति गर्ने हरु राजनितिज्ञ बन्न सक्छन् । तर नेपालको राजनिती यतिभाति खस्कदै जान थाल्यो कि पाटिको गरिमा गुम्दै  र नेताहरुको समेत अस्तित्व नै मेटिदै हराउदै जान थाल्यो । किन भने यहा  चुनाव मार्फत सत्तामा जानकै लागि र्याल चुहाउदै  नेताहरुले आ आफ्नो राजनितिक  पाटिको नीति के हो विचार सिद्दान्त के हो पाटिको गन्तब्य के कहाँ हो आफ्नो पाटिको चुनाव चिन्ह के हो पाटिको घोषणा पत्रमा समेत के लेखिएको छ भन्ने सबैकुरा बिर्सिएर अर्को पाटि सग गठवन्धन वा कार्यगत एकताका नाममै भएपनि अर्को  पाटिको चुनाव चिन्ह लिएरै  भएपनि सत्तामा पुग्नै पर्ने यस्तो राजनितीक परम्परा बस्न थालेपछि  अब नेपाली जनताले कुन पाटि ठुलो वा ठिक भन्ने कुन पाटिलाइ आफ्नो हक हित पक्षधर भन्ने कुन पाटिप्रति विश्वास गर्ने , अन्यौलको अवस्था छ। जसले गर्दा नेपालको नेपालिको भबिष्य अन्धकार तर्फ धकेलिदै जान थालेको ता छैन भन्ने खतराका सङ्केत हरु  बेला वखत देखा पर्न   थालेका छन् यस्तो अवस्था  आउनुको मुल कारण भनेकै  नेपालका दल र नेताहरुमा  देखिएको  लोभ लालच  सत्तास्वार्थ सिद्दान्त हिन विचार विहिन विकृति र वेथिति सहित नीति रहित राजनिति नै हो।

प्रतिकृया दिनुहोस