Monday, July 14News That Matters

प्रेस सेन्टर गण्डकी प्रदेस द्वारा आयोजित दुइदिने तालिम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा /प्रेस सेन्टर नेपाल गण्डकी प्रदेसले सुचना तथा प्रविधि सम्वन्धि दुइदिने तालिम सम्पन्न गरेको छ। तालिममा  गण्डकी प्रदेसमा सक्रिय  पत्रकारिता गर्दै आइरहेका  ९ जिल्लाका प्रेस सेन्टरका  पत्रकार हरुको सहभागिता रहेको थियो। असार ७ र ८ गते भएको तालिममा   गण्डकी प्रदेसका करिब ४० जना सक्रिय पत्रकार हरुको सहभागिता रहेको थियो।

 तालिममा गण्डकी प्रदेस मुख्यमन्त्रि  तथा मन्त्रि परिषद कार्यालयको सहयोगमा गरिएको आयोजित कार्यक्रममा पुर्व प्रतिनिधि सभाका सदस्य  हरि राज अधिकारिले कार्यक्रमको उद्घाटन गर्दै अबको पत्रकारिता सुचना प्रविधि तथा जनपक्षिय पत्रकारिता हुनु पर्नेमा जोड दिदै  आवाजविहिनको आवाज बन्न र  वर्गिय पत्रकारिता गर्न सुझाउदै  सिङ्गो समाज र राष्ट्रलाइ परिवर्तन गर्दै शुशासनको पक्षमा कलम चलाउनु पर्ने वताउनु भयो।

सोही अवसरमा तालिम तथा प्रशिक्षण गराउदै प्रेस सेन्टर नेपालका महासचिव सन्तोष  पौडेलले श्रमजिविको पक्षमा कलम चलाउनु नै  जनपत्रकारिता हुनेमा जोड दिदै मिसन पत्रकारिता सगै व्यवशायिक पत्रकारिता गर्नुपर्ने वताउनु भयो ।

राष्ट्रिय समाचार समितिका वरिष्ठ उपसम्पादक तथा तालिम तथा प्रशिक्षण कार्यक्रमका प्रशिक्षक रमेस लम्सालले जनताका मुद्दालाई  प्राथमिकत दिदै दविएका बिषयलाई उठाउदै गरिने पत्रकारिता नै जनपत्रकारिता हुने जनाउदै जनताको पक्षमा कलम चलाउन सुझाव दिनु भएको थियो । प्रशिक्षक लम्सालले जलबिध्युत तथा उर्जा  र विकास साथै विविध पक्ष वारे कसरी पत्रकारिता गर्ने भन्ने बारे प्रशिक्षण दिनु भएको थियो।

तालिम  तथा प्रशिक्षण कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य  माननीय हरिराज अधिकारि प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल राष्ट्रिय समाचार समितिका वरिष्ठ उपसम्पादक रमेस लम्साल पत्रकार तथा सुचना तथा प्रविधि आइटि प्रशिक्षक सुनिल पाण्डे लगायतले प्रशिक्षण तथा सहजिकरण गर्नु भएको थियो।

आयोजित कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रेस सेन्टर गण्डकि प्रदेस अध्यक्ष अर्जुन काफ्लेले तालिम अत्यन्तै  फलदायि तथा महत्त्वपूर्ण रहेको जनाउदै तालिम परिणाममुखि हुनेमा आफू विश्वस्त रहेको जनाउ दिदै आगामी दिनमा यस्ता जनपत्रकारितालाइ अझै बल पुग्ने खालका कार्यक्रम लाई निरन्तरता दिदै जाने वताउनु भयो ।

 आयोजित तालिम तथा प्रशिक्षण  कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य राजेन्द्र अधिकारी , सन्देस श्रेष्ठ साथै गण्डकी प्रदेस उपाधक्ष घनश्याम पाण्डे ,सचिव विनु थापा लगायत  गण्डकी प्रदेस पदाधिकारी सदस्य साथै विभिन्न जिल्ला बाट पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको कार्यक्रममा प्रेस सेन्टर कास्कि अध्यक्ष कृष्ण दवाडि सचिव पुष्प दहाल लगायत पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस