Friday, January 16News That Matters

विद्याथी सँगै धान दिवस तथा असारे पन्ध्र कार्यक्रम

यो समाचार शेयर गर्नुहोस्

पोखरा वडा नम्वर १७ महतगौडा
श्री सिद्देश्वर ( बहुउद्देश्यीय कृषि सहकारी सँस्था लिमिटेडको आयोजनामा यहि असार १५ गते धान दिवसको अवसरमा युवा तथा विद्यार्थी सँग असारे पन्ध्रम् भन्ने घोषणा सहित महतगौडामा धान रोपाइ कार्यक्रम गर्ने भएको छ।

नया पुस्तालाई पुरानो परम्परा र सँस्कार हस्तान्तरण गर्ने अभिप्रायले युवा तथा बिध्यर्थि लाई कृषि उत्पादनमा आकर्षित गराउनुका साथै कृषिको महत्त्व बारे जानकारी गराउने उदेस्यका साथ धान दिवस तथा असारे रोपाइँ कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष शंकर राज भण्डारीले वताउनु भयो ।
सोही दिन धान दिवस तथा असारे रोपाइँ कार्यक्रमा चित्रकला प्रदर्शनी, असारे गित प्रस्तुती ,विभिन्न खेलकुद प्रदर्शनी, पञ्चेबाजा साथै नाचगान सहितको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जानकारि गराउनु भयो ।

सँस्थाले विगतका बर्ष देखि वार्षिक कार्यक्रम गर्दै आइ रहेको जानकारी गराउदै आगामि बर्षमा यस्ता कार्यक्रम लाई निरन्तरता दिदै जाने वताउनु भयो।

प्रतिकृया दिनुहोस