यसो त नेपाल सरकार तथा गृह मन्त्रालयले कुनैपनि सरकारि सवारी सार्वजनिक विदाको दिन पास विना सवारी नचलाउन अति आवस्यक भएको अवस्थामा मुख्य मन्त्री कार्यालय वा सम्वन्धित मनत्रालय सचिव जिल्ला प्रशासन कार्यालय बाट सवारि सञ्चालन पास लिनु पर्ने ऐन कानुन मुताविक नियम अनुशासन पालना गर्न सबै सरकारि कार्यालय लाई पटकपटक सुचना जारी गरेको छ।




यसरी थाहा हुदा हुँदै जान्दा जान्दै नेपाल सरकारले जारि गरेको ऐन नियमलाइ नै लत्याउदै सार्बजनिक बिदाको दिन सवारी पास नलिइ निजि प्रयोजनका लागि मनपरि सडकमा हुइकिने ६ वटा सरकारी गाडी कास्की प्रहरिको फन्दामा परेकाछन ।
यसो त सरकारी प्रयोजनमा गुड्ने गाडिले जिल्ला प्रशासन कार्यालय र प्रदेश स्तरका कार्यालयले संबंधित मन्त्रालयका सचिब वा मुख्यमन्त्री कार्यालयबाट सवारी पास लिएर मात्र सार्बजनिक बिदाको दिन गुडाउन पाउने कानुनी ब्यबस्था छ ।
सरकारी सवारी साधन बिदाको दिन चलाइरहदा स्रोत साधनको दुरुपयोग हुन जानुका साथै कुनै भवितब्य घटना दुर्घटना भएमा कानुनी उल्झन पर्ने हुदा सवारी पास लिएर मात्र चलाउन पाइन्छ तर अझै पनि कतिपय कार्यालयले सवारी पास नलिइ सरकारी सवारी साधन मनोमानी चलाउदै आएको पाइन्छ । विभिन्न संघ सङठनहरुले त्यस्ता बिना पासका सवारी नियन्त्रणमा लिइ प्रहरीलाई बुझाउने कार्य गर्दै आएका छन ।
तर पनि नियम बिपरित पास नलिइ सवारी कुदाउने कार्य भैरहेको छ ।
यसै क्रममा शनिबार बिना पास कुदेका ६ वट सरकारी सवारी कास्की ट्राफिकले नियन्त्रणमा लिइ होल्डमा राखेको छ ।यसरी नियन्त्रणमा लिइएका सवारी हरुमा
१,बाली सरक्षण कार्यालय पोखराको बिएसि २६४९
२,प्रदेश जन स्वास्थ्य प्रयोगशाला गन्डकीको ग१ब ४८४
३,पोखरा महानगर्पालिकाको ग१ ब २३३९
४,नापी कार्यालय लेखनाथको ग१ ब १५८५
५,प्रदेशसभा सचिबालय पोखराको ग१झ १०३९
६,बेनिघाट गा पा धादिङको बा२ झ ३३८०
रहेका छन । कास्की ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा सुचना अधिकारी बरिस्ठ प्रहरी नायव निरीक्षक मीन बहादुर खड्काका अनुसार शनिबार पास नलिइ चलेका सरकारी सवारी साधन चेकजाचको क्रममा फेला परेपछी होल्ड गरि राखिएको छ ।
नियन्त्रणमा लिएका सवारिलाइ कस्तो कारवाहि जरिवाना हुन सक्छ भन्ने बारे नखुलाएका सुचना अधिकारी खड्काले प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार ती कार्यालयका सवारी साधन अब उपरान्त नचलाउने सर्तमा सम्झाइ बुझाइ गरि छोडिने बताएका
छन् । ति मध्य कतिपय गाडी अहिले पनि ट्राफिक कार्यालय र इकाइ पोस्टमा रहेका छन ।
यसो त सार्वजनिक विदाको दिन पोखराका सडकमा सरकारि सवारी मनपरि चलाइ रहदा ट्राफिक प्रहरीले देखेको नदेख्यै गर्ने त कहिले सचेत नागरिक तथा विध्यार्थि सगठनहरुले अभियानकै रुपमा पटक पटक सरकारि सवारि नियन्त्रणमा लिएर ट्राफिक प्रहरी लाई बुझाउने काम गर्दै आइ रहेका छन्।
तर ट्राफिक प्रहरि र सार्वजनिक विदाको दिन सवारी चलाएर सरकारि सम्पति दुरुपयोग भइ रहदा ट्राफिक प्रहरी स्थानिय प्रशासन सम्वन्धित नियमनकारि निकाय विच कहिलेकाही लुकामारी खेल खेलेजस्तो दृस्य हरु सार्वजनिक विदाको दिन पोखराका सडकमा वेला वखत देख्न पाइन्छ।
जसले गर्दा आम नागरिकले यस्तो चेक जाँच सवारी नियन्त्रण लाई मौसमि चेकजाच भन्दै आइ रहेका छन्।
आसा गरौ आगामी दिनमा पनि कास्की ट्राफिक प्रहरिले सार्वजनिक विदाको दिन निजि तथा काममा पासविना सडकमा हुइकिने सवारी साधन लाइ नियन्त्रणमा लिने कार्यलाइ निरन्तरता दिदै जाओस्।





















