Saturday, February 15News That Matters

बर्षाकै कारण पृथ्वीराजमार्ग सडकखण्ड विजयपुर पुलनेर सडक भत्कियो

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगर  पालिका वडा नम्वर १४   पृथ्वी राजमार्ग सडकखण्ड विजयपुर  पुलनेर  सडक भत्किएपछि सडक अवरुद्ध भएको छ।

गएराति मङ्गलवार  करिव ९ बजेदेखि शुरु भएको  अविरल बर्षाको कारण बुधबार करिव ५ बजे  बिहान सडक भत्किएपछि सडक अवरुद्ध भइ सवारी आवत जावत गर्न कठिनाई भएको कास्की ट्राफिक प्रहरीले जनाएको छ।

 अवरुद्द सडक खोल्नका लागि नेपाली सेना नेपाल प्रहरी, ट्राफिक प्रहरी पृथ्वी राजमार्ग सडक निर्माण कम्पनीको चिनिया टोलि साथै वडा नम्बर १४ वडा अध्यक्ष समेतको उपस्थितिमा सडक खोल्नका लागि प्रयास भैरहेको कास्की ट्राफिक प्रहरी वरिष्ठ प्र ना नि तथा सुचना अधिकारि मिन वहादुर खड्काले वताए।

 कास्किका सबै सुरक्षा निकाय तथा  कास्कि  ट्राफिक प्रहरी को प्रयासमा एकतर्फि सवारी आवतजावत का लागि पहल भइरहेको पनि खड्काले वताए।

सुचना अधिकारी खड्काका अनुसार आजै बिहान पोखरा वाग्लुङ सडकखण्डमा पर्ने याम्दि पुल नेर बर्षाकै कारणसडक अवरुद्ध भएको छ। अवरुद्द सडक सुचारू गर्न वप्रका वगर  र हेम्जाको  नेपाल प्रहरी तथा ट्राफिक प्रहरी टोलि सोही स्थान  पुगि सकेको छ।  

गएरातिको बर्षाकै कारण ठाउँ ठाउमा गएको पहिरो कै कारण जनधनको क्षती भएको छ।

प्रतिकृया दिनुहोस