पोखरा / समयमै सडक निर्माणको काम सम्पन्न नगरेपछि कहिले धुलो कहिले पहिरो, कहिले सडकमै पोखरि , कहिले सडकभरि हिलो भएकै कारण पैदलयात्रा गर्न,र सवारी चलाएर आवतजावत गर्न कठिनाइ भएको आम नागरिकले सास्ती पाएको भन्दै स्थानियवासिले विरोध स्वरुप हिले महोत्सव को आयोजना गर्ने भएका छन् ।




सडक निर्माण कम्पनी तथा सम्वन्धित निकाय सघिय प्रदेस तथा स्थानिय निकायलाइ पटकपटक जानकारी गराउदा पनि नसुनेको भन्दै पुन ध्यानाकर्षण गराउनका लागि साङ्केतिक विरोध स्वरुप दिक्क परेका स्थानिए जनताले पोखरा महानगर पालिका याम्दि देखि हरिचोक सडक खण्डमा हिले महोत्सवको आयोजना गरेका छन् ।
भोलि असार १५ गते शनिवार देसैभर राष्ट्रिय स्तरमै ठाउँ ठाउमा धान दिवस तथा असारे पन्ध्र मनाउनका लागि विभिन्न सघ सँस्थाले हिलो खेलेर धान रोप्न असारे पन्ध्रम् को आयोजना गरि रहदा
हेम्जा याम्दि सिम्पानि हरिचोकका स्थानियवासि जनताले भने याम्दि हरिचोक सडक खण्डमा धान रोपाइ हिले महोत्सव गर्ने भएका छन्।
स्थानिय वासिन्दाका अनुसार भोलि १५ गते शनिवार बिहान ८.३० बजे बाट सडकमै धान रोपाइँ अर्थात् हिले महोत्सव हुने भएकोछ।
पटकपटक सवारी दुर्घटना हुने आवतजावतमा कठिनाई हुने समयमै गन्तब्यमा पुग्न असहज हुने भएकाले यसभन्दा पहिला पनि स्थानियवासिले सडक अवरुद्ध गरेपछि सम्वन्धित निकाय स्थानिय तह सर्वपक्षिय सहमतिपछि अवरुद्द सडक खोलिएको थियो ।
पटकपटक दुर्घटना भएर आफन्तजन सडक प्रयोगकर्ता वटुवा दुर्घटनाको शिकार भएपछि महिनौ वित्दा पनि एक किलोमिटर बराबर सडक बन्न बर्षौ लागेपछि स्थानिय वासि रुष्ट भएका छन्।





















