Tuesday, January 20News That Matters

विद्यार्थी सँग असारे पन्ध्र धान रोपाइँ कार्यक्रम भब्यताका साथ सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

शनिबार /
पोखरा १७ श्री सिद्देश्वर कृषि सहकारी द्वारा आयोजित विध्यार्थि सग हिले महोत्सव अर्थात् असारे पन्ध्र धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ।


प्रमुख अतिथि तथा पोखरा महानगर पालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाहीको आतिथ्यतामा मौलिक पञ्चे बाजा भेषभुषा सहित गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव साथै स्थानियको उपस्थितिमा महतगौडामा विद्यार्थीहरु सँगै धान दिवश कार्यक्रम मनाइएको छ।
उक्त कार्यक्रममा विद्यार्थीहरु विच चित्रकला, रसी तान्ने, माछा समात्ने प्रतियोगिता रहेको थियो।


प्रतियोगितामा चित्रकला तर्फ बालोदय विध्यालय प्रथम, दौडमा हिमालय स्कुल प्रथम, रसी तान्ने खेलमा जागरण आमा समूह प्रथम भएका छन।
प्रथम स्थान हासिल गरेका सबैलाइ पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि शाहिले किसानका जायज माग राज्यले समाधान गर्नुपर्ने धारणा राख्दै बिध्यार्थिमा पनि कृषिको महत्त्व बारे जानकारी गराउने उदेस्यका साथ गरिएको कार्यक्रमले किसानको समेत हौसला बढ्ने वताउनु भयो ।

वडा न १७ वडा सदस्य तथा विशेष अतिथि शिवराम भण्डारीले विद्यार्थीहरु बिच धान कसरी उत्पादन हुन्छ र धानको महत्त्व बारे बुझ्ने अवसर साथै यस्ता कार्यक्रमबाट विद्यार्थीहरुले ज्ञान हासिल गर्न सक्ने धारणा राख्नुभयो
श्री सिद्देश्वर कृषि सहकारीका अध्यक्ष शंकर राज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव पवन भण्डारीले सञ्चाल गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस