Sunday, March 23News That Matters

आइतबार ५ बजेसम्मको समय दिइएकाले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर साँझ सपथ गराइने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

शीतल निवास स्रोतका अनुसार आइतबार ५ बजेसम्मको समय दिइएकाले आइतबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर त्यही दिन साँझ सपथ गराइने भएको छ ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

आज भन्दा ३ वर्षअघि असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत भएका थिए ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुन लागेका ओलीलाई अन्य सातवटा दलले समेत समर्थन जनाइसकेका छन् । ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्ने मौका पाउँदैछन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आव्हान गरेका थिए ।
आज आइतबार दिनभर राजनैतिक चर्चा देश भरिनै हेर र पर्खको अबस्थामा रहने छ प्रमुख दल हरुलाई जन्ताले नजिक बाट नियालिरहेका छन् !

प्रतिकृया दिनुहोस