Friday, March 28News That Matters

येसकारण ढिला भएको रहेछ कक्षा १२ को नतिजा यति गते पक्का आउछ

यो समाचार शेयर गर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ ।उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ । चाँडै नै हुन्छ,’जंगबहादुर अर्यालले भने ।
देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले उल्लेखगरेको छ । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम हुदै छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस