प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई ( सडकमा रहेका बालबालिका अथबा कुनैपनि मानब घरबार बिहिन हरुलाई )
सडक आश्रित मानवमुक्त गराउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् प्रतिनिधिमण्डलसँगको भेटमा बालुवाटारमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिएका छन

बालुवाटारमा भएको भेटका क्रममा
प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भने ।
सो अवसरमा घरपरिवार र आफन्तविहीन भइ खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भएको भेटका क्रममा बधाई ज्ञापनपत्र समेत दिइएको थियो ।
भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानवसेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताए ।