Sunday, March 23News That Matters

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

यो समाचार शेयर गर्नुहोस्

DADAGHAREKHABAR.COM

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

अरु सानातिना दलहरुलाई समेत समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

देशलाई स्थायित्व दिने भन्दै एमाले र कांग्रेशले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति बमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहीअनुसार ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रतिकृया दिनुहोस