Sunday, May 18News That Matters

नेपालले जित्यो icc बेस्ट दर्शक अवार्ड

यो समाचार शेयर गर्नुहोस्

पोखरा नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ । बुधबार आईसीसीले अवार्ड विजेताको घोषणा गरेको हो । जसअनुसार नेपालले उक्त अवार्ड जितेको क्यानले जनाएको छ ।

नेपालमा क्रिकेटप्रेमीहरुको संख्या धेरै रहेको छ । जुन टीयू क्रिकेट मैदानदेखि नेपाली टोली टी २० विश्वकप खेल्न अमेरिका र वेस्ट इण्डिजमा पुग्दा पनि देखिएको थियो ।

विश्वकपअर्न्तगत नेदरल्याण्डस्‌विरुद्धको खेलमा नेपाली फ्यानले स्टेडियम भरिएको थियो । जुन देखेर नेदरल्याण्डस्‌का खेलाडीले प्रशंसा गरेका थिए ।

आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ शीर्षकमा ग्लोबल अवार्ड दिने गरेको छ ।

यस्तै, ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोले जित्दा ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सलाई, ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई, र ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएईलाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस