Sunday, March 23News That Matters

दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

यो समाचार शेयर गर्नुहोस्

सौर्य एयरलाइन्सको CRJ7 विमान दुर्घटनापछि विमानस्थल खुल्यो, नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ:

दुर्घटनाको विवरण:आज बिहान ११:११ बजे सौर्य एयरलाइन्सको CRJ7 विमान पोखरा उडानको क्रममा दुर्घटनाग्रस्त भएको हो। उडानको केही समयपछि जहाज दाहिनेतिर मोडियो र रनवेपूर्वतिरको खुला क्षेत्रमा दुर्घटनामा परेको हो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, यस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ र १ जना घाइते भएका छन्। दुर्घटनापछि तत्कालै उद्धार कार्य शुरु गरिएको थियो। आगो नियन्त्रणमा लिइएको छ र शवहरूको संकलन गरिएका छन्। घाइतेलाई उपचारको लागि अस्पतालमा पठाइएको छ।

विमानको चालक दल र यात्रीहरूको विवरण:पाइलट: मनिष शाक्य
को-पाइलट: एस कटवाल
विमानमा सवार अन्य व्यक्तिहरू अमितमान महर्जनसागर आचार्यदिलिप बर्मामनुराज शर्मा अस्बिन निरौल सुदिपलाल जोशी सर्वेश मरासैनी
श्याम बिन्दुकारनवराज आलेराजाराम आचार्य प्रिज्जा खतिवडाअधिराज शर्माउद्वव पुरी यज्ञप्रसाद पौडेल सन्तोष महतो पून्यरत्न शाही विदेशीनागरिक: अरेफ रेड
आजको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निम्न प्रश्नहरू उब्जाएको छ:
दुर्घटनाको कारण के हो?
न्जिनको समस्याबाट टेकअफ पछि दाहिने तिर मोडिन पुगेको बताइएको छ, तर यसका पछाडि अन्य कारणहरू पनि हुनसक्छन्। यथार्थमा दुर्घटनाको वास्तविक कारण थाहा पाउनको लागि विस्तृत अनुसन्धान आवश्यक छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ।

क्याप्टेन शाक्यको स्थिति:

  • चोटहरूको अवस्था: क्याप्टेन शाक्यको टाउको, खुट्टासहित अन्य भागमा चोट लागेको छ।
  • उपचार: उनको सीटी स्क्यान गरिएको छ र रिपोर्टको प्रतिक्षामा छ। उनलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।
  • सञ्चार: क्याप्टेन शाक्य सामान्य बोलचाल गरिरहेका छन् र अस्पताल स्रोतले उनलाई सिटीस्क्यान गरी उपचार भइरहेको जानकारी दिएका छन्।

अस्पतालले थप स्वास्थ्य स्थिति र उपचारको प्रगतिको बारेमा नियमित अपडेट प्रदान गर्नेछ।

दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुख लगायत विमानस्थल पुगेका छन् ।

विमानको अवस्था के थियो?

विमानको मेन्टेनेंस र नियमित परीक्षणहरू कस्ता थिए? दुर्घटनामा विमानको कुनै पूर्ववृत्तिका समस्याहरू थिए कि थिएनन्?
चालक दलको अनुभव कस्तो थियो?

पाइलट र को-पाइलटको अनुभव र योग्यता कस्तो थियो? उनीहरूको प्रशिक्षण र पिछिल्ला उडानका अनुभवहरूको मूल्याङ्कन गरिएको छ कि छैन?
विमानस्थलको अवस्था के थियो?

दुर्घटनाको समयमा विमानस्थलको अवस्था र रनवेको स्थिति कस्तो थियो? मौसमका कारण कुनै अवरोध थियो कि थिएन?
उद्धार र उपचार प्रक्रिया कसरी सञ्चालन गरियो?

दुर्घटनापछि उद्धार कार्यको प्रक्रिया र मेडिकल सहायता कस्तो छ? घाइतेहरूको उपचार र आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता के छ?
सुरक्षा उपायहरू के थिए?

हरेक सचेत नागरिकको मनमा येस्ता खालका प्रस्न उब्जेको छ।

प्रतिकृया दिनुहोस