नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघले आफ्नो व्यवशायमाथि प्रदेस सरकार बाटै विस्थापित गर्न खोजेको भन्दै पोखरामा शान्ति पुर्ण विरोध सहित र्यालि निकालेको छ।
गण्डकी प्रदेि सरकारले यातायात व्यवस्था ऐन विपरित निजि सवारी लाई समेत भाडामा चल्न पाउने नीति बनाउन लागेको भन्दै बैंकबाट ऋण लिएर सवारी साधन खरिद गरेका ब्यवशायिलाइ विस्थापित गर्न र व्यवसायलाई कमजोर बनाउने कोसिस गर्नेहरूलाई चेतावनी दिएका छन्।




विशेष गरी रातो प्लेटका सवारी, भाडामा यात्रु ओसार्न प्रयोग गरिरहेको अवस्थामा पनि सरकाझमौन रहेको महासंघको दाबी गर्दै यस प्रकारको अभ्यासले वैध यातायात व्यवसायलाई ठूलो खतरा उत्पन्न गरेको भन्दै आज विरोध कार्यक्रम सहित नेपाल राष्ट्रिय यातायात व्यवशायि महासघले सात बुँदे माग सहित गण्डकी प्रदेस समणवन्धित मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन्
शनिबार बेलुकीसम्म प्रतीक्षा गर्ने वताउदै आफ्ना मागहरू पूरा नभए,सम्बोधन नगरिए आइतबारदेखि आन्दोलनलाई तीव्र बनाउने नेपाल यातायात व्यवशायि राष्ट्रिय महासघ गण्डकी प्रदेस अध्यक्ष केदार पौडेलले वताए।

ऐतिहासिक सन्दर्भ जोड्दै
यातायात व्यवशायि र मजदुर हरुले सिङ्गो देसकै व्यवस्था परिवर्तनका लागि गरेको भूमिका सम्झँदै, प्रदेस सरकारले आफुहरुको योगदानलाई बेवास्ता गरेको र व्यवसायलाई कमजोर बनाउने प्रयास भएको बताएका छन्।
सरकारको यस्तो गैर जिम्मेवार रवैयाका विरुद्ध राष्ट्रिय महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

महासघले निजी सवारी साधनले सार्वजनिक सरह यात्रु ओसारपसार गरेको प्रति आपत्ति जनाउदै सार्वजनिक यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र दफा १२(२) को उल्लंघन भएको बताएको छ। यसले वैध व्यवसायलाई गर्ने व्यवशायि माथि थप चुनौति खडा गर्ने काम भएको भन्दै महासघ अध्यक्ष पौडेलले आक्रोश व्यक्त गरेका छन्।

यदि आइतबार सम्ममा प्रदेस सरकारले आफुहरुका मागलाइ सम्बोधन नगरे पोखरामा मात्रै नभइ देसै भर आधिवेहरि ल्याउने राष्ट्रिय यातायात ब्यवशायि महासघले वताएको छ। आज यातायात व्यवशायिको विरोध कार्यक्रमले गर्दा पोखराका सबै चोक सडक वन्दकै अवस्थामा रहेको हुदा चौतर्फि ट्राफिक जाम भएकै कारण सर्वसाधारणले भने सास्ति पाएको वताएका छन् ।

तर यस्तो विरोध कार्यक्रमको आयोजना हुदैछ भन्ने पुर्व जानकारी पाएको प्रदेस सरकार जिल्ला प्रशासन कार्यालय साथै सबै सुरक्षा निकाय ट्राफिक प्रहरी कार्यालय भने जनताको शास्ति भन्दा पनि मुख्य मन्त्री कार्यालय वरपर चारैतिर सुरक्षा घेरा हालेर बसेको देखिन्थ्यो।

आजको विरोध कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासघ, नेपाल यातायात स्वतन्त्र मजदुर सगठन, अखिल यातायात मजदुर सघ नेपाल यातायात मजदुर सघ एकिकृत यातायात मजदुर सघ को समेत उपस्थिति रहेको थियो ।





















