प्रकाश अधिकारी ,पोखरा
पोखरामा लाखे नृत्य प्रतियोगिता: नेवा सांस्कृतिक धरोहरको जगेर्ना गर्ने प्रयास
पोखरा, श्रावण २६ – नेवा: खल: कचा: पृथ्वीचोकको तत्वावधानमा, पोखरामा पहिलो पटक लाखे नृत्य प्रतियोगिता र झ्वय कार्यक्रमको आयोजना हुँदैछ। पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा सम्पन्न हुने यो कार्यक्रमले नेवा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

संस्कृति जगेर्ना र पुस्तान्तरणको ध्येय
कार्यक्रमका अध्यक्ष रेशम बाबु श्रेष्ठले बताउनुभयो, “लाखे नृत्य प्रतियोगिता हाम्रा परम्परागत संस्कृतिको खोजी र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण पहल हो।” संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले थप्नुभयो, “यो कास्की जिल्लामा यस्ता कार्यक्रमहरूको पहिलो प्रयास हो, जसले पाँच वर्षदेखि प्रतिक्षा गरिरहेको थियो।”

यसअघि चितवन र धादिङमा सफलतापूर्वक सम्पन्न भएका यस्ता कार्यक्रमहरूमा हजारौं दर्शकहरू सहभागी भइसकेका छन्। पोखरामा यो कार्यक्रमको आयोजना हुनुले स्थानीय सांस्कृतिक धरोहरलाई उजागर गर्न नयाँ आयाम थप्ने जनाइएको छ ।

कार्यक्रमका विशेषता
यो प्रतियोगितामा नेवा संस्कृतिका विशेषज्ञहरूको उपस्थितिमा प्रतियोगीहरूलाई मुल्यांकन गरिने भएको छ । प्रत्येक प्रस्तुतिको अवधि १० मिनेट रहने r कार्यक्रममा सहभागीहरूले नेवारी परिकारहरूको स्वाद लिन पाउने बताइएको छ । जुन परिकारहरू विशेष नेवारी परम्परालाई झल्काउँछन्। प्रवेश शुल्क निःशुल्क भए तापनि, खानेकुरा खरिदका लागि १००० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ।

उच्चस्तरीय सहभागिता र समर्थनको अपेक्षा
पोखरामा हुन गइरहेको यो सांस्कृतिक कार्यक्रमले स्थानीय र राष्ट्रिय स्तरमा नेवा संस्कृतिप्रति जागरुकता फैलाउने विश्वास लिइएको छ। आयोजकहरूले सहभागीता र समर्थनका लागि सबैलाई आह्वान गरेका छन्।
एसका साथै आज भएको पत्रकार सम्मेलनमा सबको अगाडी नेवा: खल: कचा: पृथ्वीचोक, पोखरा को आयोजनामा हुन गैरहेको लाखे नृत्य प्रतियोगिताको गोलाप्रथा कार्यक्रम पनि राखिएको थियो। यस कार्यक्रमले परम्परागत नेवा संस्कृतिको महत्त्वलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।

गोला प्रथा द्वारा अग्रिम जानकारी प्रतियोगिताको एक रोचक पाटो हुनेछ, जसले सहभागीहरूलाई पारदर्शी र निष्पक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। यस प्रथाले प्रतियोगिताको उत्साह र प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने जनाइएको छ ।
कार्यक्रमका अध्यक्ष रेशम बाबु श्रेष्ठका अनुसार, – हामीले हाम्रो संस्कृतिको वास्तविकता र मौलिकतालाई उजागर गर्ने प्रयास स्वरूप राखेका हौँ। यसले प्रतियोगितालाई थप न्यायसंगत र रोचक बनाउन बताए ।

संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले थप्नुभयो, “यो प्रथा नेवा समुदायको परम्परागत विधि हो, जसलाई हामीले आधुनिक प्रतियोगितामा पनि स्थान दिन खोजिरहेका छौँ।”
यस प्रतियोगिताले नेवा संस्कृतिको समृद्धि र जगेर्नाका लागि नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागीता जनाउन इच्छुकहरूले निर्धारित समयमा कार्यक्रम स्थलमा उपस्थित हुनुपर्नेछ।

लाखे नृत्य प्रतियोगिता – २०८१ साउन २६ का लागि सहभागी समूहहरूबीच गरिएको गोला प्रथाको विवरण
मिति: २०८१/०४/१६
पालो आउने सहभागी टोली समय
१ रानी पौवा ताया: मचा नाच समिति ११:०४-११:१५
२ मालेपाटन ताया: मचा नाच समिति ११:२५-११:३५
३ तेर्सापट्टि ताया: मचा नाच समिति ११:४५ -११:५५
४ बालगोपाल भजन कृतन समाज समिति (गौडामुख ) १२:०५ -१२:१५
५ मोहरिया सिंहनाथ टोल ताया: मचा समिति १२:२५-१२:३५
६ नेवारी नृत्य प्रस्तुति १२:४५ -१२:५५
७ रुपा देउराली नेवा: खल १:०५ -१:१५
८ नेवा: पुच छोरेपाटन १:२५-१ :३५
९ समाज कल्याण नेवा: खल, राजाको चौतारो १:४५ -१:५५
१० फल्याङ्गकोट नेवा: खल, रूपा-१, दरगाउँटार २:०५ -२:१५
११ नेवा: खल बैदाम २:२५-२:३५
१२ फेदी नेवा: खल, रूपा-५ २:४५ -२:५५
१३ नेपाल रास्ट्रीय खड्गी समाज ३:०५ -३:१५
१४ नेवा: खल हेम्जा ३:२५-३:३५
१५ अर्घौंपौवा नेवा: खल ३:४५-३:५५
१६ गैराहपाटन नेवा समाज ४:०५ -४:१५
१७ रामकृष्ण टोल ल्याम्ह पुच ४:२५-४:३५
१८ जाल्पादेवी नेवा: ल्याम्ह पुच, सिमलचौर ४:४५ -४:५५
१९ नयाबजार सांस्कृतिक समिति ५:०५ -५:१५
२० शिशुवा नेवा: खल ५:२५-५:३५
२१ राम बजार तायमचा नाच समिति ५:४५ -५:५५

पोखरामा नेवा: खल: कचा: पृथ्वीचोकद्वारा आयोजित लाखे नृत्य प्रतियोगितामा पुरस्कार वितरणको घोषणा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई निम्नलिखित पुरस्कारहरू प्रदान गरिनेछ आओजकले बताएको छ ।
पहिलो पुरस्कार: रु. ५५,५५५
दोस्रो पुरस्कार: रु. ३३,३३३
तेस्रो पुरस्कार: रु. २२,२२२
चौथो पुरस्कार: रु. ११,१११
आयोजकहरूले बताए अनुसार, यी पुरस्कारहरूले सहभागीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि प्रेरित गर्नेछन्। प्रतियोगिता गोला प्रथाको आधारमा निष्पक्ष रूपमा मुल्यांकन गरी विजेता घोषणा गरिने पत्रकार सम्मेलनमा संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले बताए ।