Saturday, October 17News That Matters

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार प्रतिवादी पक्राउ

यो समाचार शेयर गर्नुहोस्
Screenshot

पोखरा

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसूरका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२९ पटनेरी बस्ने ४५ वर्षीय उत्तम मगर रहेका छन्। उनी सहकारी ठगीसम्बन्धी कसूरमा पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका थिए।

तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई असोज १८ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ सानोगाउँबाट जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको हो।

पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

#KaskiPolice #Pokhara #Kaski #News #PrakashAdhikari

प्रतिकृया दिनुहोस