इतिहास को हरेक काल खण्डमा एउटा न एउटा नायकले जन्म लिन्छ जसरी हिजो सिङ्गो राज्य व्यवस्थाको विरुद् लडेका विपि युगपुरुष एकयुग नायक थिए । त्यसपछि ४६ ४७ ले गणेसमान सिह लाइ युगपुरुष युग नायक बनायो त्यसपछि राजनीतिक हिसावले मदन भण्डारि सिङो राष्ट्रका नायक बन्ने सम्भावना र सङ्केत हरु देखिएका के थिए उनको हत्या भयो । तर उनी नेपालको कम्युनिट इतिहासमा सबैभन्दा अब्बल कम्युनिस्ट जगतकै नायक मात्रै हैन राष्ट्र नायक बन्ने देेखेपछि उनको हत्या भयो जसले गर्दा सिङ्गो कम्युनिष्ट ससारै सुन्यको अवस्था मा पुग्न थाल्यो तब उनकै नाम र सानले एमाले विशाल पाटि बन्न पुग्यो।
देसमा केही रुपान्तरण ता भयो तर नेपाली जनताका कुनैपनि हक अधिकार स्थापित हुन सकेनन् ।व्यवस्था परिवर्तन ता भयो अवस्था ज्यु का त्यु यथावत नै रह्यो।देसमा भ्रष्टचार अन्याय अत्याचार दमन ले आफ्नो स्थान बलियो बनाउदै जान थाल्यो।
तब त्यहि दमनले प्रचण्डको नेतृत्वमा हतियारधारि जनयुद्धले जन्म लियो र जसलाई दस बर्षे जनयुद्ध भनियो । लामो जनयुद्धको लडाइँ पछि तत्कालीन अवस्थामा गिरिजा बाबु र प्रचण्डको वार्ताको माध्यम बाट सविधान सभाको निर्वाचन जातजाति, धर्म, क्षेत्र, वर्ग ,लिङ्ग ,जनयुद्ध घाइते ,अपाङ्ग सहिद वेपत्ता परिवार, द्न्दपिडित, समावेसि तथा समानुपातिक महिला अधिकार अल्पसंख्यक पिछडा वर्ग ,दुर्गम ,पिछडा क्षेत्र धर्मनिरपेक्ष साथै जनताका हक अधिकार सुनिस्चितता सहितअगाडि बढ्ने कुरामा सहमति भएपछि सात दलिय सयुक्त मोर्चा बन्यो गिरिजा बाबु प्रचण्डको सहमतिमा ६२/६३ मा १९ दिने जनआन्दोलन शुरु भयो। १९ दिने जनआन्दोलनले चरम् रुप लिएपछि तत्कालिन राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवले देसमा थप रगत बग्न नदिने बरु आफुनै राजगद्दी बाट बाहिरिने घोषणा गरेसगै पुरानो सत्ता ढल्यो। अन्तरिम शासनकाले जन्म लियो। तब सविधानसभाको चुनावको घोषणा भयो । जसले गर्दा देसैभर बाट बिभिन्न जात जाति वर्ग क्षेत्र लिङ्ग अल्पसंख्यक पिछडा वर्ग महिला लगायत सबैको पुर्ण प्रतिनिधित्व हुनेगरि सविधानसभाको चुनाव सम्पन्न भयो।सविधानसभाले सविधान ऐन कानुन बनायो । जनताले ठाने अब देसले कोल्टे फेर्ने भयो नेपाली जनताको हक अधिकार सुनिश्चितता सहित भबिष्य ग्यारेन्टि हुने भयो भन्नेमा आम नेपालि जनता विश्वस्त रहदै दल र नेताहरुप्रति विश्वास राख्दै आए ।तर देसले कोल्टे त फेर्यो कतिपय कुराहरु परिर्वर्तन सगै देसले कोल्टे त फेर्यो तर ठिक उल्टोगरि कोल्टे फेर्यो त्यसको परिणाम यतिबेला आम नेपालि जनताले भोग्नु परि रहेको अवस्था छ। फेरिपनि प्रच्णको नेतृत्वमा भएको जनयुद्दकै परिणामले ल्याएको जनआन्दोलन र प्राप्त सविधानसभाको निर्वाचन लाखौ नेपाली जनताले रगतको खोलो वगाएर ल्याएको गणतन्त्र बाट खासै उपलब्धि नदेखिएको भएता पनि गहिरिएर बुझ्ने हो भने धेरै उपलव्धि भएको मान्न सकिन्छ। अन्तरिम सरकार संविधान सभाको चुनाव गणतन्त्र धर्मनिरपेक्ष सघियता समानुपातिक समावेसि महिला हक अधिकार सुनिश्चित विभिन्न जात जाति क्षेत्र वर्ग लिग पिछडावर्ग अल्पसख्यकको प्रतिनिधित्व सहितको ससद सरकार बन्नु सरकारमा सबैको प्रतिनिधित्व हुनु सबैले अवसर पाउनु भनेको हामिले मानेपनि नमानेपनि गणतन्त्रकै उपलब्धि हो। यदि देसमा गणतन्त्र नआएको भए आज देसैभर सघिय सरकार प्रदेस सरकार स्थानिय सरकार मात्रै नभएर राज्यका बिभिन्न निकायमा सघ सस्थामा पक्कै पनि यसरि सबैले अवसर पाउने थिएनन् होला। यसकालागि अन्यत्र कतै जानु पर्दैन स्थानिय तहमा पालिका वडामा जनजाति दलित महिला उपाध्यक्ष, सदस्य मात्रै हैन ३३% महिला अनिवार्य हुनुपर्ने व्यवस्था हुनु भनेको गणतन्त्रकै उपलब्धिनै नै हो। हिजो ४७ पछि सवैधानिक राजतन्त्र सहितको वहुदलिय प्रजातन्त्र हुदा यि सबै व्यवस्था थिएनन्।
हिजो जस जसले गणतन्त्रको घोर विरोध गर्दै आए आज उनै देसमा पटकपटक सत्तामा पुगेर शासनसत्ता चलाउन पाउनु हिजो जिवनमै मन्त्रि माननीय सासद उपमेयर वडा सदस्य बन्न पाउने कल्पना ता के सपना पनि नगरेका हरु राज्यका बिभिन्न निकायमा पुग्न पाउनु लाइ पनि गणतन्त्रकै उपलब्धि मान्न सकिन्छ। अब भन्नैपर्ने हुन्छ।योसब एउटा ऐतिहासिक परिवर्तन हो।यो परिवर्तनवाहक गणतन्त्र नायक अरु कोहि नभएर पुषणपकमल दहाल प्रचण्डनै हुन् । हैनन् भनेर अरुले भन्न सक्ने अवस्था पनि रहेन किन भने सविधानसभा गणतन्त्रको माग प्रचण्डकै थियो। हो प्रचण्डले मात्रै ल्याएको हो र हामिले ल्याएका हैनौ ?हामिले पनि गणतन्त्र ल्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका होइनौ र भन्ने प्रस्न उठ्न सक्छन् । जनयुद्धको सध्याकालिनअवस्थामा यदि गिरिजाबाबु नभएको भए वहाले गणतन्त्र लाई आत्मसात नगरेको भए सायद कुनै अर्को मोडले स्थान लिन सक्थ्यो होला । परिवर्तनका लागि सविधानसभा को चुनाव र गणतन्त्रको माग सहित जनयुद्ध गरिरहदा गणतन्त्रको तत्कालीन प्रधानमन्त्री देउवाले नै जनयुद्ध लाई दमन मात्रै हैन तत्कालीन जनयुद्ध गरि रहेको माओवादीका सबै नेताहरुको टाउकाकै मुल्य तोकेको कुरा अझै पनि ताजै छ। जसले प्रचण्ड कै टाउकाको मूल्य तोके उनैलाई टाउकाको मूल्य तोकिएका प्रचण्डले नै पटकपटक प्रधानमन्त्री बनाएरै छाडे । तत्कालीन अवस्थामा गणतन्त्र ल्याउनु भनेको वैलगाडामा चढेर अमेरिका जानू हो भनेकै तत्कालीन एमाले अध्यक्ष केपि ओलिजि पनि यहि गणतन्त्र आएपछि पटकपटक प्रधानमन्त्री भइ सक्नु भयो । वहालाइ मात्र हैन प्रचण्डले प्रधानमन्त्री मन्त्री राष्ट्र पति बन्ने कल्पना पनि नगरेका हरुलाइ पनि राष्ट्रपति प्रधानमन्त्रि मन्त्री सभामुख सासद बनाएरै छाडे । यो सबै हुनु पनि गणतन्त्रकै उपलब्धि हो । त्यसैले भन्नै पर्ने हुन्छ गणतन्त्रले के दिएन जे दियो देखिएन।उनी तेस्रो दलमा आइपुग्दा यतिबेला पद भन्दा पनि उनलाइ गणतन्त्रकै रक्षा गर्नुपर्ने ठुलो जिम्मेवारि थपिएको छ।यतिबेला गणतन्त्र माथि खतरा भएकै कारण हरेक हालत सग सम्झौता गर्दै अगाडि बढ्नु पर्ने अवस्था देखिन थालेको छ।।
लाखौ नेपाली जनताको रगतको खोलो बगाएर हजारौले शहिद बनेर
प्राप्त गणतन्त्र लाइ पछिल्लो समय विभिन्न कोण बाट क्षीण बनाउने कमजोर बनाउने काम हुन थालेको भन्ने सङ्केतहरु देखिन थालेका छन् किन भने देसमा अराजकता फैलिनु भ्रष्टाचार मौलाउदै जानु न्यायालय अख्तियार बिभिन्न अङ्गहरु कमजोर हुदै जानु भ्रष्टाचारिले उन्मुक्ति पाउनु विभिन्न आरोपमा मुछिएका हरु नै सत्तामा खुलम्खुला पुग्नु युवाहरु बिदेसिन बाध्य हुनु नेपाली जनता दिनप्रतिदिन पिडै पिडामा बाच्नु पर्ने अवस्था आउनु पनि गणतन्त्र विरोधी हरुलाइ मलजल हुनु हो। गणतन्त्र लाई कमजोर बनाउने खेल भइरहेको अवस्थामा गणतन्त्रको चिन्ता उसलाइ छ जसले गणतन्त्र ल्याउन ज्यनाको बाजि लगायो जो गणतन्त्र नायक हो। त्यसैले भन्नै पर्ने हुन्छ गणतन्त्र मात्रै हैन गणतन्त्र नायक प्रचण्ड पनि यतिबेला सङ्कटमा छन्, भन्नै पर्ने अवस्था छ । त्यसैले अब गणतन्त्रवादि एक हुनुको विकल्प छैन। किन भने गणतन्त्रमाथि खतरा हुनु भनेकै भ्रष्टचार मौलाउदै जानु हो। भ्रष्टचारिलाइ कारवाहि गर्न नसक्नु हो भ्रष्टाचार मौलाउनु भनेकै गणतन्त्र खतरामा पर्नु हो। गणतन्त्र खतरामा पर्नु भनेकै बिभिन्न जातजाति वर्ग क्षेत्र लिग महिला पिछडावर्ग सबैका प्राप्त हक अधिकार छिनिनु वा सबै हक अधिकार बाट वञ्चित हुनु हो। त्यसैले यतिबेला गणतन्त्रले के दिएन हैन जे दियो त्यो देखिएन भन्नू पर्ने अवस्था सृजना भएको छ
