नेपाल सरकार गृहमन्त्रालय परिचयपत्र तथा पञ्जिकरण विभाग बाट २०८१ /४/१५ को निर्णय अनुसार ०८१/०८२ चनँ ८६ सबै जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र इलाका रहेका सबै राष्ट्रिय परिचयपत्र इलाकाहरु लाई राष्ट्रिय परिचयपत्र फर्म भर्न फोटो खिचाउन आम नागरिकलाइ सहज र सरल माध्यम बाट सेवा प्रवाह गर्नका लागि परिपत्र जारी गरेको छ।
यसभन्दा पहिला आम नागरिकलाई राष्ट्रिय परिचयपत्र फर्म भर्न र बनाउनकै लागि फोटो खिचाउदा टोपी लगाउन नपाइने सिन्दुर पोते टीका गर गहना नलगाइ फोटो खिचाउनु पर्ने थियो भने अब देखि नेपाली नागरिकता लिएर वा नेपाली नागरिकको पहिचान खुल्ने कागजात लिएर सेवालिन आउनेहरुका लागि सिन्दुर पोते टीका राष्ट्रियता पहिचान झल्कने टोपी पोशाक धार्मिक सास्कृति तथा जातिय पहिचान झल्कने पहिरन लगाउन कुनै वाधा नपर्ने परिपत्रमा उल्लेख छ।
व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएको खण्डमा CIMS नागरिकताको अभिलेख समेत रुजु गरि विवरण दर्ताको व्यवस्था मिलाउन र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दा नागरिकता प्रमाणपत्र बाहेकको अन्य कागजात हरु राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणाली Sican स्क्यान गरि प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छायाप्रति सम्वन्धित व्यक्ति ले सक्कल बमोजिम नक्कल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन समेत परिपत्रमा उल्लेख गरिएको छ।
अन्य जिल्ला का नागरिकले समेत राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन निर्देसन गरेको छ।

यसो त यसभन्दा पहिला राष्ट्रिय परिचयपत्र भर्न र फोटो खिचाउन आउने आम नागरिकले सास्ती खेप्नु परेको निधारको टिका पुछेर गहना खोलेर राष्ट्रियता झल्कने सिरको टोपी समेत निकालेर फोटो खिच्नु परेको प्रति निकै नै आक्रोस ब्यक्त गर्दै आइ रहेका थिए।
राष्ट्रिय परिचयपत्र बनाउने भन्ने बित्तिकै राष्ट्रिय परिचयपत्र भरेपनि समयमा नपाएको भन्दै झन्झटिलो मान्दै आम नागरिकले गुनासो मात्रै गरेका थिएनन् ,सामाजिक सञ्जाल देखि लिएर विभिन्न माध्यम बाट सरकारको आलोचना गरि रहेका थिए।
अब भने आम नागरिकले देसैभर सेवालिन आउदा सहजै सेवा पाउनुका साथै यस्ता झन्झट बाट मुक्त हुने भएका छन्।
